बिहीबार, भदौ ४, २०८३

कोरोनाले एकैदिनमा १६६३ को मृत्यु, इटालीमा ७९३

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शनिबार मात्रै १ हजार ६६३ जनाको मृत्यु भएको छ ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शनिबार मात्रै १ हजार ६६३ जनाको मृत्यु भएको छ ।

वर्डओमिटरका अनुसार कोरोना अहिलेसम्म १८८ देशमा फैलिएको छ भने ३२ हजार ५५७ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमित र ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै इटालीमा छ ।

इटालीमा शनिबार मात्रै ६ हजार ५५७ जना नयाँ संक्रमित थपिएका छन् भने एकै दिनमा ७९३ जनाको मृत्यु भएको छ । शुक्रबार ५ हजार ९८६ जना संक्रमित थपिएका थिए भने ६२७ जनाको मृत्यु भएको थियो ।

इटालीमा कोरोनाबाट ज्यान गुमानेको संख्या ४ हजार ८२५ पुगेको छ । जुन कोरोना उत्पती भएको देश चीनमा भएको मृत्यु भन्दा १ हजार ६०९ ले बढि हो । चीनमा अहिलेसम्म कोरानाबाट ३ हजार २१६ जनाको मृत्यु भएको छ ।

इटालीमा अहिलेसम्म ५३ हजार ५७८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ६ हजार ७२ मात्रै निको भएका छन् भने ४२ हजार ६८१ जना उपचाररत छन् ।

वर्डओमिटरका अनुसार इटालीपछि अमेरिकामा नयाँ संक्रमण दर उच्च छ ।

अमेरिकामा बितेको २४ घण्टामा ७ हजार ३०३ जनामा संक्रमण देखिएको छ भने ८४ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या २६ हजार ६८६ पुगेको छ । मृत्यु हुनेको संख्या भने ३४० छ ।

तिब्र संक्रण फैलिने देशको तेस्रोमा नम्बरमा स्पेन देखिएको छ । शनिबार मात्रै ३ हजार ९२५ जना संक्रमित हुँदा २८५ जनाको मृत्यु भएको छ । अहिलेसम्म स्पेनमा २५ हजार ४९६ जना संक्रमित भएका छन् भने १ हजार ३७८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर ३ लाख ७ हजार ६२७ जना संक्रमित भएका छन् भने १३ हजार ५० जनाको मृत्यु भएको छ । ९५ हजार ७९७ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित: Mar 22, 2020| 03:30 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।