बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजबाट ग्यास सहज हुने दाबी, २२ वटा उद्योगले अतिरिक्त बिक्री केन्द्र खोल्ने

आजबाट ग्यास सहज हुने दाबी, २२ वटा उद्योगले अतिरिक्त बिक्री केन्द्र खोल्ने

काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको हाहाकार भएको गुनासो बढेपछि आज (आइतबार)बाट ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालन हुने भएको छ ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं- काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको हाहाकार भएको गुनासो बढेपछि आज (आइतबार)बाट ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालन हुने भएको छ ।

नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघको सहकार्यमा २२ वटा ग्यास उद्योगले बिहान १० देखि ५ बजेसम्म अतिरिक्त बिक्री केन्द्र सञ्चालन गर्ने भएका हुन् ।

साबिकका डिपो, डिलर र बिक्री केन्द्र पनि पूर्ववत् सञ्चालनमा रहनेछन्। यस्ता आउटलेटबाट उपभोक्ताले खाली सिलिन्डर साटेर भरिएका सिलिन्डर तत्कालै प्राप्त गर्न सक्नेछन्। तर एकजना उपभोक्ताले एक थान मात्रै सिलिन्डर पाउने व्यवस्था गरिएको निगमले जनाएको छ ।

कोरोना भाइरसको त्राससँगै उपत्यकामा बसोबास गर्ने उच्च मध्यम वर्ग र उच्च वर्गले अत्यधिक संख्यामा खाना पकाउने ग्यासको सञ्चित गरेपछि
निम्न वर्ग, अति निम्न वर्ग र मध्यम वर्गले ग्यास पाउन छाडेका कारण यस्तो गरिएको निगमले जनाएको छ ।

निगमले प्रतिसिलिन्डर एक हजार तीन सय ७५ रुपैयाँ मूल्य तोकेको छ। निगमका अनुसार शनिबार उपत्यका केन्द्रित ग्यास उद्योगका लागि ३८ बुलेट आयात भएको छ।

प्रकाशित: Mar 22, 2020| 02:30 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।