बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री अर्यालले आफ्नो जिल्लामा वितरण गरिन् २० हजार मास्क

मन्त्री अर्यालले आफ्नो जिल्लामा वितरण गरिन् २० हजार मास्क

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले गृह जिल्ला स्याङ्जामा २० हजार मास्क वितरण गरेकी छन्।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

स्याङ्जा- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले गृह जिल्ला स्याङ्जामा २० हजार मास्क वितरण गरेकी छन्।

उनले कोरोना भाइरसको संक्रमणबाट सचेत रहन आग्रह गर्दै शनिबार जिल्लावासीलाई मास्क हस्तान्तरण गरेकी हुन्। मन्त्री अर्यालले विपद् व्यवस्थापन समिति स्याङ्जाको बैठकमा माक्स हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ।

मन्त्री अर्यालले बिपद व्यवस्थापन समितिलाई २० हजार थान माक्स र एउटा गन थर्मोमिटर प्रदान गरिन्। मन्त्री अर्यालबाट प्राप्त भएको मास्कलाई प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले ११ स्थानिय तह, प्रहरी, आर्मी, प्रशासन, जिल्ला अस्पताल, रेडक्रसलाई वितरण गरेका थिए।

भारतमा संक्रमणको संख्या दिनदिनै बढ्दै गएको बताउदै मन्त्री अर्यालले खुला सिमानाका कारण नेपाल पनि उच्च जोखिम रहेको बताईन्।

जनप्रतिनिधी, राजनीतिक दल, सुरक्षाकर्मीले जिल्लामा कोरोना भाइरसको संक्रमणबाट बच्न राम्रो काम गरेको बताउँदै मन्त्री अर्यालले थप काम गर्न आग्रह गरिन्।

संक्रमण हुँदैमा मृत्यु नहुनेले भएकाले नडराउन आग्रह गर्दै मन्त्री अर्यालले बिदेशबाट आएकामध्ये एक जनामा पनि नेपालमा संक्रमण नदेखिनुले नेपालीहरुको रोगसँग लड्नसक्ने क्षमता बढि रहेको बताईन्।

अशक्त, रोगीहरुलाई रोगले च्याप्ने भएकाले निगरानीमा राख्न आग्रह गर्दै मन्त्री अर्यालले हरेक वार्डमा हेल्थ डेक्स राख्न आग्रह गरिन्।

कालिका अस्पताल, आधिखोला अस्पताल, गल्याङ् अस्पताललाई संक्रमितको उपचार केन्द्र बनाउन आग्रह गर्दै मन्त्री अर्यालले जनता मनोबाल उच्च राख्नेतर्फ काम गर्न दिर्नेशन दिईन्।

कार्यक्रममा गण्डकी प्रदेश सदस्य मिनप्रसाद गुरुङ्, जिल्ला समन्वय समिति सदस्य सिताकुमारी सुन्दास, नेकपाका अध्यक्ष सुर्यप्रसाद गैरे, नेपाली कांग्रेस प्रवक्ता इन्द्र गोदार लगायतले कोरोना भाईरसको संक्रमणलाई रोक्न तयार रहेको बताएका थिए।

प्रकाशित: Mar 21, 2020| 14:07 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।