बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ बसपार्कमा चालक, यात्रु र कर्मचारीलाई मास्क वितरण

नयाँ बसपार्कमा चालक, यात्रु र कर्मचारीलाई मास्क वितरण

कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँबसपार्कमा मास्क वितरण गरिएको छ।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

काठमाडौं- कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँबसपार्कमा मास्क वितरण गरिएको छ।

यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शनिबार चालक, सहचालक, बसपार्कभित्र कार्यरत कर्मचारी र यात्रुलाई मास्क वितरण गरेका हुन्।

नेपाल प्रहरीले विभिन्न कालोबजारी गरेका व्यापारीबाट जफत गरेर ल्याएको मास्क यातायात व्यवस्था विभागले खरिद गरेर वितरण गरेको जनाइएको छ।

विभागका प्रवक्ता तीर्थराज खनाल एक लाख माक्स खरिद गरेर ल्याएको र आजमात्र नयाँ बसपार्कबाट पाँच हजार थान मास्क वितरण गरेको जानकारी दिए।

महासंघका महासचिव सरोज सिटौला चालक, सहचालक र यात्रुलाई कोरोना संक्रमणबाट जोगिनका लागि थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले मास्क वितरण गरिएको जानकारी दिए।

‘यातायात मजदूर र यातायात व्यवसायीको सक्रियतामा सरकारसँग सहकार्य गरी ल्याएको मास्क कर्मचारी, चालक, सहचालक र यात्रुमा वितरण गरेका हौँ’, उनले भने।

महासचिव सिटौला सबै प्रदेशमा सरकारसँगको सहकार्यमा चालक र सहचालकलाई मास्क वितरण गर्नेबारे यातायात व्यवसायी छलफलमा रहेको जानकारी दिए।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक शंकर श्रेष्ठले माक्स नलाउने चालक, सहचालक र यात्रुलाई मास्क वितरण गरिएको जानकारी दिए।

यसअघि शुक्रबार नयाँबसपार्कमा कोरोना परीक्षणका लागि सहायता कक्ष ‘हेल्थ डेक्स’ स्थापना गरिएको थियो। रासस

प्रकाशित: Mar 21, 2020| 13:22 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।