बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नियम उल्लघंन गरी आइपुगेका ६१ नेपालीलाई क्वारेन्टाइन पठाइयो

नियम उल्लघंन गरी आइपुगेका ६१ नेपालीलाई क्वारेन्टाइन पठाइयो

सरकारले लागू गरेको नियम उल्लघंन गर्दै नेपाल आईपुगेका ६१ जनालाई क्वारेन्टाइनमा पठाइएको छ।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

काठमाडौं- सरकारले लागू गरेको नियम उल्लघंन गर्दै नेपाल आईपुगेका ६१ जनालाई क्वारेन्टाइनमा पठाइएको छ।

दुई विदेशी विमानमा आइपुगेका उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको हो।

शनिबार एयर इन्डिया र थाइ एयरवेज ६१ जना यात्रु ल्याएर काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए।

विमानस्थल अध्यागमन विभागका प्रमुख सागर आचार्यका अनुसार थाइ एयरवेजले ४९ र एयर इन्डियाले १२ जना यात्रु ल्याएको थियो।

सरकारले गएराति १२ बजेपछि  युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउने नपाउनेगरी प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लागेका युरोप, खाडी मुलुक मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट यात्रुहरूले भारत वा थाइल्याण्डलाई ट्रान्जिट बनाएर नेपाल आउन पाउँदैनन्।

शनिबार नेपाल आइपुगेकाहरु जापान, मलेसिया र कतार लगायतका देशबाट अन्यत्र ट्रान्जिट बनाएर आएको बताइएको छ।

क्वारेन्टाइनमा पठाइएकाहरु अब १४ दिनसम्म त्यहाँ बस्नुपर्नेछ।

प्रकाशित: Mar 21, 2020| 12:15 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।