काठमाडौं– नर्भिक इन्टरनेसनल हस्पिटलले हालसम्म अस्पतालमा कोरोना भाइरस (कोभिड–१९)का बिरामी फेला नपरेको जनाएको छ।
नायब महाप्रबन्धक आरपी मैनालीले शनिबार विज्ञप्ति जारी गरी नर्भिकमा बिरामी फेला नपरेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा ‘नर्भिकमा कोरोना संक्रमणका आठ बिरामी भेटिएको’ अडियो सार्वजनिक भएपछि नर्भिकको यस्तो प्रतिक्रिया आएको हो। उक्त अडियो शनिबार बिहानदेखि भाइरस भइरहेको छ।
यस्तै, विज्ञप्तिमा नर्भिकमा कोरोना संक्रमणका बिरामी भेटिएको भन्दै अफवाह फैलाएकोमा घोर भत्सर्ना गरिएको छ।
