मंगलबार, असार ३०, २०८३

विश्व वरीयतामा प्रिन्सको स्थान यथावत

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व वरीयताको स्थान यथावत रहेको छ।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

काठमाडौं– ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व वरीयताको स्थान यथावत रहेको छ।

विश्व ब्याडमिन्टन महासंघ (बीडब्ल्यूएफ)ले शुक्रबार जारी गरेको नयाँ वरीयता अनुसार पुरुष यू–१९ तर्फ प्रिन्स सातौं स्थानमा कायम छन्। प्रिन्सको यो वरीयता जुनियरतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा हो। विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व वरीयताको शीर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन्। 

यसअघिको वरीयतामा प्रिन्स १० औं स्थानमा थिए।

प्रिन्सले गत महिना सम्पन्न डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । डच जुनियर इन्टरनेसनलमा उनले खेलेका तीन खेलमध्ये दुईमा जित हासिल गर्दा र एकमा हार भोगेका थिए। यस्तै, जर्मन सिरिजका चार खेलमध्ये तीनमा विजय हुँदा एकमा पराजित भएको थिए।

दार्चुलाको जिल्ला सदरमुकाम खलंगा घर भएका भएका १६ वर्षीय प्रिन्स हाल ललितपुरको जाउलाखेलस्थित डाँफे इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छन्। प्रिन्सले सुदूरपश्चिम प्रदेशबाट खेल्ने गरेका छन्।

विश्व जुनियरतर्फको वरीयताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ यथावत छन्। दोस्रो स्थानमा भारतका मिराव लुवाङ रहँदा मलेसियाका कोक जिङ होङ तेस्रो, भारतका बरुण कपुर चौथो, डेनमार्कका म्याड्स जुवेल मोलर पाँचौं तथा फिनल्यान्डका जोआकिम वल्डरफ छैटौं स्थानमा यथावत नै छन्।

रासस

प्रकाशित: Mar 21, 2020| 06:13 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।