सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्चिममा दोबरले बढ्यो सवारी दुर्घटना, मृतकको संख्या पनि धेरै

सुदूरपश्चिममा दोबरले बढ्यो सवारी दुर्घटना, मृतकको संख्या पनि धेरै

सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा १८७ जनाले ज्यान गुमाएका छन्।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा १८७ जनाले ज्यान गुमाएका छन्। गत आर्थिक वर्षमा सुदूरपश्चिममा भएका ७८३ सवारी दुर्घटनामा १८७ जनाले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनमा ५८७ जना गम्भीर घाइते र ५०९ जना सामान्य घाइते भए। 

आर्थिक वर्ष २०७६/०७७ मा ३८६ सवारी दुर्घटना भएको थियो। सो अवधिमा सवारी दुर्घटनामा परी १४३ जनाले ज्यान गुमाएका थिए। 

आर्थिक वर्ष ०७६/०७७ भन्दा आर्थिक वर्ष ०७७/०७८ मा ३९७ बढी दुर्घटना भएका छन्। सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पनि आर्थिक वर्ष ०७६/०७७ भन्दा आर्थिक वर्ष ०७७/०७८ मा ४४ जना बढी हो।

प्रकाशित: Jul 29, 2021| 17:27 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।