बिहीबार, भदौ ४, २०८३

एसियाली मुलुक दोस्रो चरणमा आयातित कोरोनाको सामना गर्दै

कोरोना भाइरस (कोभिड–१९) को प्रकोप सहेर तंग्रिन लागेका एसियाली मुलुकहरु फेरि दोस्रो चरणमा यसको सामना गर्न बाध्य भएका छन्।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को प्रकोप सहेर तंग्रिन लागेका एसियाली मुलुकहरु फेरि दोस्रो चरणमा यसको सामना गर्न बाध्य भएका छन्। कोरोना संक्रमणको अन्त्य गर्न प्रयत्नशील मुलुकहरुमा फेरि आयातित कोरोना संक्रमणले दुःख दिन लागेको हो।

दक्षिण कोरिया, चीन र सिंगापुर मुख्य रुपमा यस्तो फन्दामा परेका हुन्।

कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा बुधबार एउटा पनि घरेलु संक्रमण देखिएन। त्यहाँ बुधबार फेला परेका ३४ संक्रमितमध्ये सबै विदेशी नागरिक हुन्।

त्यस्तै सिंगापुरमा बुधबार ४७ जना नयाँ संक्रमित भेटिए। जसमध्ये ३३ जना विदेशी नागरिक हुन भने अरु संक्रमित तिनै ३३ जनाको सम्पर्कमा आएकाहरु हुन्।

दक्षिण कोरियामा बिहीबार १ सय ५२ जना नयाँ संक्रमित फेला परेका छन्। जसमध्ये धेरैजसो विदेशी नागरिक भएको आंकलन गरिएको छ।
दक्षिण कोरियामा कोरोनाको संक्रमणस्थल मानिएको देगुमा बिहीबार ७४ जना नयाँ संक्रमित भेटिएका छन्।

त्यसबाहेक अन्य क्षेत्र संक्रमणस्थलका रुपमा छैनन् जहाँ ७८ जना संक्रमित भेटिएका छन्।

जापानमा बुधबार तीनजना नयाँ संक्रमित भेटिएका छन्। जापानको सबैभन्दा बढी प्रभावित मानिएको होकाइदोमा यसअघि १ सय ५४ जना संक्रमित भेटिएका थिए।

संक्रमित भेटिनासाथ लक डाउन गरिएको उक्त सहरबाट अन्य ठाउँमा कोरोना संक्रमण फैलिन पाएन। तर बुधबार भेटिएका संक्रमित त्यस क्षेत्र बाहिरका हुन्।

चीनको राष्ट्रि स्वास्थ्य आयोगले गत डिसेम्बरमा चीनमा कोरोना देखिएपछि लगातार संक्रमण फैलिएको र बुधबार पहिलोपल्ट कुनै पनि चिनियाँ कोरोना संक्रमित नभेटिएको जनाएको छ।

साथै चीनमा बुधबार भेटिएका ३४ मध्ये सबै संक्रमित कोरोनाको केन्द्रविन्दु मानिएको वुहान भन्दा बाहिर फेला परेका हुन्।
चीनमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार २ सय ४५ जनाको मृत्यु भएको छ।

चीनले आफ्नो देशमा कोरोना नियन्त्रण गरिसकेको भए पनि बाहिरबाट जाने व्यक्तिहरुमार्फत् त्यहाँ कोरोना संक्रमण केही हदसम्म जारी रहेको बताइएको छ।

त्यस्तै दक्षिण कोरिया लगायतका अन्य एसियाली देशहरु पनि आफ्नो देशभित्रको कोरोना संक्रमण समस्या सुल्झाएपछि बाहिरबाट आउने व्यक्तिहरुका कारण दाेस्राे पटक जोखिममा परेका छन्। बीबीसी

प्रकाशित: Mar 19, 2020| 09:59 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।