मंगलबार, असार ३०, २०८३

ओलम्पिक गराएरै छोड्छु भन्नु गैरजिम्मेवारीपन : आईओसी सदस्य

आइस हक्कीकी चार पटककी स्वर्ण विजेता तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य हेले विकेन्हासरले बढ्दो कोरोना संक्रमणमा ओलम्पिक गराउँछु भन्नु गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको बताएकी छिन्। उनले टोकियो गेम्स अगाडि बढाइरहनु लापरबाही भएको पनि बताइन्।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

आइस हक्कीकी चार पटककी स्वर्ण विजेता तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य हेले विकेन्हासरले बढ्दो कोरोना संक्रमणमा ओलम्पिक गराउँछु भन्नु गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको बताएकी छिन्। उनले टोकियो गेम्स अगाडि बढाइरहनु लापरबाही भएको पनि बताइन्।

गत मंगलबार जापानकी ओलम्पिक मन्त्री सेइको हासिमोतोले जसरी पनि ओलम्पिक गराउने बताएकी थिइन्। त्यसपछि हेलेले हासिमोतोलाई ओलम्पिकभन्दा संक्रमण ठूलो भएको बताइन।

‘संकट ओलम्पिकभन्दा ठूलो कुरा हो,’ उनले भनिन्, ‘अघिल्लो १२ घण्टामा यहाँ के हुन्छ हामीलाई थाहा छैन। त्यस्तोमा तीन महिना पछि के हुन्छ? कसरी तयारी गर्न सक्छौं?’

‘एथ्लेटिक्सहरुले ट्रेनिङ गर्न पाइरहेका छैनन्, उनीहरु हिँड्न पाएका छैनन्। प्रायोजक र बजार व्यवस्थापकले पनि आफ्नो काम गर्न पाएका छैनन्,’ उनले ट्वीटरमा लेखेकी छिन्, ‘मलाई आशा छ आईओसी खेलप्रति निष्ठाभावका साथ अघि बढ्ने छ। मानवतालाई ध्यानमा राख्दा आजको स्थिती अति संवेदनशिल देखिन्छ।’

यता जापानले ओलम्पिक गराउने कुरामा शंका नगर्न अनुरोध गरेको छ। शनिबार जापानका प्रधानमन्त्री सिन्जो आवेले खेल हुने र त्यसको तयारीमा केही बदलाब नगर्ने बताएका थिए। उनकै भनाइलाई साथ दिने गरि मंगलबार ओलम्पिक मन्त्रीले आफ्नो उच्च प्राथमिकता ओलम्पिक तयारीमा भएको बताएकी थिइन्। सबै काम योजनाअनुरुप नै भइरहेको उनले बताएकी थिइन्।

यता ओलम्पिक कमिटीले पनि आयोजना नरोक्ने बताएको छ।

त्यस्तै स्पेनीस ओलम्पिक कमिटीका अध्यक्ष अलेजेन्द्रो ब्लान्कोले पनि खेललाई स्थगित गर्न सुझाव दिएका छन्।

हेलेले क्यानाडाको तर्फबाट विन्टर ओलम्पिकमा चार स्वर्ण जितेकी थिइन्।

प्रकाशित: Mar 18, 2020| 08:15 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।