शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘रहस्यमय’ बन्दै मादी हत्या प्रकरण, नगद र गरगहना सुरक्षित, स्थानीय भन्छन् : हामी त्रसित छौं

Siddartha premir insuranceSiddartha premir insurance

‘रहस्यमय’ बन्दै मादी हत्या प्रकरण, नगद र गरगहना सुरक्षित, स्थानीय भन्छन् : हामी त्रसित छौं

‘घटनास्थलमा भागदौड मच्चिएको जस्तो देखिन्थ्यो। सबैको टाउको चोट रहेकाले रड प्रहार र लाठी प्रहार गरेजस्तो देखिन्छ। सबै शव घोप्टो पारिएको अवस्थामा थियो।’
 |  बुधबार, भदौ २३, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

बुधबार, भदौ २३, २०७८

काठमाडौं– ६ जनाको ज्यान जाने गरी हत्या भएको तीन दिन बित्दासम्म दोषी पहिचान हुन नसक्दा संखुवासभाको मादी नगरपालिका–१ का बासिन्दा त्रसित छन्। जिल्लाको मादी–१ खोलागाउँमा आइतबार राति एकै परिवारका ६ जनाको विभत्स हत्या भएको थियो। अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन भने शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ। 

triton college

मादी नगरपालिकाका मेयर विदुरकुमार लिन्थेप पनि सुरक्षा व्यवस्था चुस्त बनाई घटनाको अनुसन्धान भइरहेको बताउँछन्। उनले घटना रहस्यमय बन्दै गएकाले अनुसन्धान प्रक्रिया जटिल हुने सक्ने शंका व्यक्त गरे। उनका अनुसार घटनाको प्रकृति हेर्दा धारिलो हतियारभन्दा पनि लाठी र रड प्रयोग भएको हुन सक्ने देखिएको छ।

‘जिउमा कम चोटपटक छ। सबैको टाउकोमा नै बढी चोट देखिन्छ’, उनले भने। परिवारका सदस्यलाई घरबाहिर निकालेर लखेटी लखेटी हत्या गरिएको जस्तो देखिने उनले बताए। उनले भने, ‘घटनास्थलमा भागदौड मच्चिएको जस्तो देखिन्थ्यो। सबैको टाउको चोट रहेकाले रड प्रहार र लाठी प्रहार गरेजस्तो देखिन्छ। सबै शव घोप्टो पारिएको अवस्थामा थियो।’

महिलाहरूको गरगहना लगिएको छैन। बाकसमा भएको चार लाख ७१ हजार पनि घरभित्रै छ। यसले सम्पत्तिका लागि भन्दा पनि कुनै रिसइबीका कारणले हत्या भएको हो कि भन्ने देखाउँछ।’

उनले मृत महिलाको गरगहना शरीरमै रहेको बताए। उनले भने, ‘महिलाहरूको गरगहना लगिएको छैन। बाकसमा भएको चार लाख ७१ हजार पनि घरभित्रै छ। यसले सम्पत्तिका लागि भन्दा पनि कुनै रिसइबीका कारणले हत्या भएको हो कि भन्ने देखाउँछ।’

स्थानीय लक्ष्मीभक्त कार्कीले आफूहरू निकै त्रसित रहेको बताउँछन्। ‘पहाडको ठाउँ, सामान्य परिवारको हत्या किन र कसले गर्‍यो? हामी निकै चकित मात्र नभएर त्रसित पनि छौं’, उनले नेपाल समयसँग टेलिफोनमा भने। 

Metro Mart
vianet

उनले प्रहरीले गाउँमै बसेर अनुसन्धानमा जुटेकाले चाँडै सत्यतथ्य बाहिर आउनेमा आशावादी रहेको बताए। ‘वर्षात्को समय छ। आएका मानिसलाई ओत लाग्न सहज होस् भनेर हामी पाल गाड्ने काम गरिरहेका छौं’, उनले भने। घटनाको अनुसन्धान चाँडै बाहिर आउनेमा आफूहरू आशावादी रहेको उनको भनाइ छ।

उनले भने, ‘प्रहरीले अहिले हामीलाई केही भन्न मिल्दैन भन्नुभएको छ। अनुसन्धानका क्रममा रहेकाले भन्न पाइँदैन रे? चाँडो अनुसन्धान सकियोस् र घटनाको सत्यतथ्य बाहिर आओस् भन्ने हाम्रो चाहना हो।’

उनलाई घटनामा बाच्न सफल भएका ९३ वर्षीय वृद्ध बौद्धमान कार्कीको अवस्थाले निकै भावविह्वल बनाउँछ। परिवारका ६ जना गुमाएका वृद्ध कार्की अहिले हत्या भएकै घरमा बसिरहेका छन्। उनी कान सुन्दैनन्। आँखा पनि राम्रोसँग देख्दैनन्। ‘उहाँले घर छोड्न मान्नुभएको छैन। हामीले खानपानको व्यवस्था त्यतै गरिदिएका छौं’, उनले भने।


मादी–१ कै बासिन्दा कृष्ण पाठक पनि गाउँका बासिन्दा त्रसित रहेको बताउँछन्। समयमै खाना खाएर स्थानीय घरभित्र पस्ने गरेको उनले बताए। ‘सुरक्षाकर्मी तैनाथ छन्। हामी निकै त्रासमा छौं। हिजो निर्मला पन्तलगायत थुप्रै घटनाको तथ्य अझै रहस्यको गर्भमै छ। यो घटनालाई पनि त्यस्तै नबनाइयोस्’, पाठकले भने। 

सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधिले चाँडै अपराधीलाई कानुनको दायरामा ल्याउने विश्वास दिलाएकाले आफूहरू न्याय पाउने आसमा रहेको उनले बताए। शव पोस्टमार्टमका लागि प्रहरीसँगै धरान पुगेका विक्रम कार्कीलाई एकै पटक ६ जना आफन्त गुमाउँदा बाहिर आइरहने भ्रामक समाचारले घटना अर्कैतर्फ मोडिने हो कि भन्ने चिन्ता छ।

उहाँको न कुनै व्यक्तिगत रिसइबी भएको हामीलाई थाहा छ न राजनीतिक नै। आफ्नो काम गर्‍यो खायो। सबैसँग मिलनसार व्यवहार गर्नुहुन्थ्यो। त्यस्तो परिवारमाथि पनि कुन पापीको आँखा लाग्यो होला र?

‘हिजो एउटा न्युज पोर्टलमा दुई जना अपराधी पक्राउ भन्ने समाचार देखेको थिएँ। प्रहरीले पत्ता नलगाएको अपराधी पत्रकारले कसरी पत्ता लगाए? यस्ता समाचारले घटना अन्यत्रै मोडिन्छ। त्यसैले यस्तो नगरिदिनुहोला’, उनले भने। उनले पोस्टमार्टम भइरहेकाले त्यसपछि केही क्लु फेला पर्न सक्ने आशा व्यक्त गरे।

‘उहाँहरू मेरो कान्छो हजुरबाको सन्तान हो। आँखामा राख्दा नि नबिझाउने मान्छे हुनुहुन्थ्यो। उहाँको न कुनै व्यक्तिगत रिसइबी भएको हामीलाई थाहा छ न राजनीतिक नै। आफ्नो काम गर्‍यो खायो। सबैसँग मिलनसार व्यवहार गर्नुहुन्थ्यो। त्यस्तो परिवारमाथि पनि कुन पापीको आँखा लाग्यो होलार?’, उनले भने, ‘काम गर्दा उहाँहरूसँग घाँस र माटो कति रिसायो थाहा छैन। तर, त्यो बाहेक कोही पनि कहिले रिसाएको थाहा छैन।’


घटनामा मारिएका तेजबहादुर कार्की र कमला कार्की, पार्वती कार्की (माथि), सञ्जना कार्की, दिपेन कार्की र गोमा कार्की (तल) तस्बिर साभार : विदुरकुमार लिन्थेपको फेसबुक 

गाउँ शोकमा डुबेको वडाध्यक्ष खेमनाथ कटुवालले बताए। 'सिंगो गाउँमा सन्नाटा छाएको छ। कसैले पनि यस्तो दर्दनाक घटना कसरी भयो होला भनेर सोच्नसम्म सकिरहेका छैन्', उनले भने, 'घटना देखेका र सुनेका छिमेकीहरू कसैको घरमा चुल्हो बलेको छैन।'

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल घटना अनुसन्धानकै क्रममा रहेकाले स्थानीयलाई नआत्तिन आग्रह गर्छन्। शव पोस्टमार्टमका लागि धरान पठाइएकाले पोस्ट मार्टमको रिपोर्टपछि पनि केही क्लु फेला पर्ने उनले बताए।

जिल्ला प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले आफूहरू अनुसन्धानकै क्रममा रहेको जानकारी दिएका छन्। ‘हामी अहिले अनुसन्धानमै छौं। कुनै क्लु भेटिएको छैन। हामीसँग अनुसन्धान अधिकृत रुक्मत कुँवर नेतृत्वको टोली पनि अनुसन्धानमा जुटेको छ’, उनले भने। 

घटना अनुसन्धानका लागि कुँवर नेतृत्वमा खटिएको सीआईबीको पाँच सदस्यीय टोली अनुसन्धानमा जुटेको छ। प्रहरीले पहिलो चरणमा सबुत संकलनका लागि संघीय एकाइ प्रहरी कार्यालय धरानबाट दुई वटा कुकुर परिचालन गरिएको डीएपी सुवेदीले बताए। प्रहरीले घटनास्थललाई सुरक्षित राखेर सूक्ष्म अध्ययन गरिरहेको छ। 

अहिले घटनास्थलमै रहेर संघीय प्रहरी एकाइ कार्यालय धरानका भीम दाहाल, डीएसपी सुवेदी, अनुसन्धान अधिकृत कुँवरलगायत प्रहरी अधिकारीले सूक्ष्म अनुसन्धान गरिरहेको छ।  घटनामा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया सञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो। 

प्रकाशित: Sep 08, 2021| 14:39 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।