मंगलबार, असार ३०, २०८३

नेपाल र इंग्ल्यान्ड ‘सी’बीचको फुटबल स्थगित

विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्ररूपमा फैलिएपछि नेपाल र इंग्ल्यान्ड ‘सी’बीचको फुटबल खेल स्थगित गरिएको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं– विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्ररूपमा फैलिएपछि नेपाल र इंग्ल्यान्ड ‘सी’बीचको फुटबल खेल स्थगित गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ सूचना जारी नभएसम्म खेल स्थगित गरिएको जनाएको छ। नयाँ मितिबारे भने बताइएकाे छैन। 

एन्फाले जनवरीको सुरुमा फुटबल एसोसिएसन (एफए)का प्रतिनिधिसँग मेमोरेन्डम अफ अन्डस्ट्यान्डिङको सम्झौता गर्दै मैत्रीपूर्ण खेल हुने बताएको थियो। दुवै देशले आ–आफ्नो देशमा मैत्रीपूर्ण खेल खेलाउने योजना त्यो सम्झौतामा गरिएको थियो।

खेल बेलायती गोरखा आर्मीको मैदान एन्डरसुट टाउन मैदानमा २५ मेमा इंग्ल्यान्डले होस्ट गर्ने त्यसपछि सन् २०२१ मा नेपालले होस्ट गर्ने सम्झौता भएको थियो।

 

प्रकाशित: Mar 18, 2020| 03:51 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।