आइतबार, चैत ८, २०८२

युरोकप स्थगित

युरोपियन फुटबल संघ(युईएफए)ले युरोकप २०२० लाई एक वर्ष पछि धकेलेको छ। आज युईएफएले गरेको भिडियो कन्फ्रेन्समा प्रतियोगिता रोक्नेबारे जानकारी दिइएको हो।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

युरोपियन फुटबल संघ(युईएफए)ले युरोकप २०२० लाई एक वर्ष पछि धकेलेको छ। आज युईएफएले गरेको भिडियो कन्फ्रेन्समा प्रतियोगिता रोक्नेबारे जानकारी दिइएको हो।

National life

विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण धैरै घरेलु लिग फुटबलमा बाधा परेकोले युरोकप आयोजना गर्न युईएफए असमर्थ देखिएको बताइएको छ। मंगलबार आपतकालिन भिडियो कन्फ्रेन्स गरेर प्रतियोगिता सारेपछि घरेलु लिग प्रतियोगिता भने सम्पन्न हुने भएका छन्।

कोरोना संक्रमण साम्य भएपछि विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा घरेलु लिगहरु र च्याम्पियन्स लिगका खेल पुनः सुरु हुने छन्।

घरेलु लिगलाई मध्यनजर गर्दै उता युरोकप आउँदो १२ जुनबाट १२ जुलाईसम्म आयोजना गरिएको थियो। तर, घरेलु लिगलाई मध्यनजर गर्दै युरोकप अर्को वर्षको ११ जुनबाट ११ जुलाईसम्म गरिने भएको छ।

त्यस्तै, युरोकपको क्वालिफाइङ खेल पनि जुन महिनामा सरेको छ। पहिले मार्चमा हुने भनिएको भए तापनि कोरोनाकै कारण रोकिएको थियो।

Laxmi sunrise bank
kumari

साथै यो महिनामा राखिएका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु पनि जुनसम्म सारिएको छ।

प्रकाशित: Mar 17, 2020| 15:16 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।