आइतबार, चैत ८, २०८२

राखेपको निर्देशनपछि एन्फाले रोक्यो सम्पूर्ण खेलकुद गतिविधि

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले मंगलबार खेलकुदसँग सम्बन्धित सबै गतिविधिहरु बन्द गर्ने निर्णय गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरिएको जानकारी दिएको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले मंगलबार खेलकुदसँग सम्बन्धित सबै गतिविधिहरु बन्द गर्ने निर्णय गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरिएको जानकारी दिएको छ।

National life

एन्फाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सम्पूर्ण प्रतियोगिता, एन्फा एकेडेमी तथा सचिवालयसमेत चैत १२ गतेसम्मलाई बन्द रहने जानकारी दिएको छ। एन्फाको निर्णयसँगै बी डिभिजन लिग स्थगित भएको छ भने एन्फा टेक्निकल सेन्टर धरान र बुटवललगायत सातदोबाटो एकेडेमीहरु र एन्फा सचिवालय बन्द हुने भएको छ।

यसका साथै चैत १६ गते तोकिएको एन्फाको वार्षिक साधारण सभामा फिफा र एएफसीका प्रतिनिधि कोरोना संक्रमणको जोखिमका कारण उपस्थित हुन नसक्ने भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ।

मंगलबार परिषद्का सदस्य सचिव सिलवालको अध्यक्षतामा बसेको बैठकले विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण एक साताका लागि खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको थियो। एक साता पछि भने परिस्थिती हेरेर निर्णय गरिने राखेपले जनाएको छ।

प्रकाशित: Mar 17, 2020| 11:53 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।