मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने राखेपको निर्णय

एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने राखेपको निर्णय

राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदसँग सम्बन्धित सम्पूर्ण गतिविधि एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदसँग सम्बन्धित सम्पूर्ण गतिविधि एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ।

मंगलबार परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण एक साताका लागि खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको हो।

एक साता पछि भने परिस्थिती हेरेर निर्णय गरिने राखेपले जनाएको छ। यसका साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारी, खेलसँग सम्बन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषद्ले आग्रह गरेको छ।

प्रकाशित: Mar 17, 2020| 09:34 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।