आइतबार, चैत ८, २०८२

युरोकप अर्को वर्षलाई सर्न सक्ने

विश्वभर कोरोना भाइरस (कोभिड–१९)को प्रकोप देखिएपछि युरोपियन फुटबल संघ (यूईएफए)ले आज (मंगलबार) युरोपको फुटबलको भविष्यबारे निर्णय लिन भिडियो सम्मेलन गर्दैछ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

एजेन्सी– विश्वभर कोरोना भाइरस (कोभिड–१९)को प्रकोप देखिएपछि युरोपियन फुटबल संघ (यूईएफए)ले आज (मंगलबार) युरोपको फुटबलको भविष्यबारे निर्णय लिन भिडियो सम्मेलन गर्दैछ।

National life

संघले सम्मेलनबाट फुटबलको ठोस योजना बनाइने बताएको हो।

बैठकमा सन् २०२० मा हुने तय भएको युरोकप २०२१ सम्म सार्न सकिने वा नसकिने बारेमा पनि छलफल गर्ने बताइएको छ। यो वर्ष हुने युरोकपको समयमा लिगका प्रतियोगिताहरू नसकिने देखिएपछि युरोकप सार्नेबारे छलफल हुनेछ।

युरोकप सरे नेसन्स लिग फाइनल खेल पनि पछि धकेलिनेछ। यो अवस्थामा नेसन्स लिगको फाइनल सन् २०२१ को अन्त्यमा हुन कतिपयको आँकलन छ। यस्तै, पुरुष यु–२१ र महिलाको युरोपियन च्याम्पियनसिप सन् २०२२ मा सारिने भएको छ। 

यसअघि युरोपमा जारी च्याम्पियन्स लिग र युरोपा लिगका खेलहरू कोरोनाको असर देखिएपछि स्थगित भएका छन्। कोरोना असर समाप्त भएपछि मात्र यी दुवै लिगका स्थगित प्रतियोगिता सञ्चालन हुने यूईएफएले जनाएको छ।

Laxmi sunrise bank
kumari

यूईएफएले आजको सम्मेलनमा यस वर्ष हुने भनिएको युरोकप अर्काे वर्ष सार्ने प्रस्ताव लैजादैछ।

सम्मेलनमा युरोपियन क्लब तथा खेलाडी संघका प्रतिनिधि, यूईएफए र विभिन्न राष्ट्रिय लिगका अफिसियलहरूको सहभागिता रहनेछन्। यसमा युरोपियन राष्ट्रका ५६ संघ भिडियो सम्मेलनमा सहभागी हुने छन्।

कोरोना भाइरसको असर बढेपछि युरोपमा च्याम्पियन्स लिग र युरोपा लिगका धेरै खेलहरू दर्शक नभएका रंगशालामा खेलाइएका छन्। तर, यसले फुटबलको महत्त्व घटेको कतिपयको भनाइ छ।

पछिल्लो समय कोरोनाको संक्रमण खेलाडीमा पनि देखिन थालेपछि खेल नै स्थगित भएका हुन्।

प्रकाशित: Mar 17, 2020| 08:28 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।