मंगलबार, असार ३०, २०८३

कोरोना संक्रमणबाट स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु

कोरोना भाइरस संक्रमणबाट स्पेनिस फुटबलका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

म्याड्रिड– कोरोना भाइरस संक्रमणबाट स्पेनिस फुटबलका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको छ। 

उनको २१ वर्षको उमेरमा शनिबार निधन भएको हो।

उनले सन् २०१६ देखि मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियालाई मलागास्थित क्षेत्रीय अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा परीक्षणका क्रममा उनलाई ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएको थियो। उनको उपचारका क्रममा अस्पतालमै निधन भएको थियो।

उनी कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने कान्छा फुटबल प्रशिक्षक हुन्।

स्पेनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय नौ पुगेको छ।

प्रकाशित: Mar 17, 2020| 02:32 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।