आइतबार, चैत १, २०८२

इजरायलमा नेतन्याहू युगको अन्त्य

इजरायली राष्ट्रपति रिउभेन रिभलिनको घोषणाले दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई निकै ठूलो चोट पुगेको छ ।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

जेरुसेलम– इजरायलका राष्ट्रपतिले आइतबार पूर्व सैन्य प्रमुख बेन्नी गान्जलाई सरकार गठन गर्न निमन्त्रणा दिएका छन्। एक वर्षदेखि इजरायलमा जारी राजनैतिक गतिरोधको अन्त्य गर्न गान्जलाई एक मौका दिएको बताइएको छ ।

National life

इजरायली राष्ट्रपति रिउभेन रिभलिनको घोषणाले दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई निकै ठूलो चोट पुगेको छ । इजरायली इतिहासमै सबैभन्दा लामो अवधि प्रधानमन्त्री बन्ने सौभाग्य पाएका नेतन्याहूको सत्ताबाट बहिर्गमन यसरी होला भन्ने अनुमान गरिएको थिएन ।

गान्जले आइतबार १२० सिटको इजरायली संसद नेसेटमा ६१ सांसदको सहमति प्राप्त गरेका थिए । एक वर्षभित्रै तेस्रो पटक गत मार्च २ मा भएको संसदको आमनिर्वाचनले पनि कुनै दललाई स्पष्ट बहुमत दिएको थिएन ।

“सोमबार राष्ट्रपति रिउभेनले बेन्नी गान्जलाई सरकार गठन गर्ने जिम्मा दिनु हुनेछ,” रिभलिनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तर गान्जलाई समर्थन जनाउने पक्षहरुले त्यसलाई निरन्तरता दिइहाल्ने कुनै सुनिश्चित भने छैन । सरकारले स्थायित्व प्राप्त नगरेको अवस्थामा राष्ट्रपति रिभलिनले गान्ज र नेतन्याहू दुबै सम्मिलित एकताको अन्तरिम सरकार गठन गर्ने सम्भावना पनि छ ।

Laxmi sunrise bank
kumari

राष्ट्रपति रिभलिनले गान्ज र नेतन्याहू दुबैलाई आइतबार साँझ एक “जरुरी विचारविमर्श” का लागि आमन्त्रण गरेका थिए तर त्यो बिना कुनै सम्झौता टुङ्गिएको थियो । नेतन्याहूको लिकुड पार्टी र गान्जको ब्लू एन्ड ह्वाइट पार्टीले जारी गरेको संयुक्त विज्ञप्तिमा दुबै पार्टीबीच सोमबार पुनः वार्ता गर्ने उल्लेख छ ।

रासस

प्रकाशित: Mar 16, 2020| 09:11 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।