मंगलबार, असार ३०, २०८३

सचिन तेन्दुलकरको त्यो महाशतक !

‘मास्टर ब्लास्टर’ नामले चिनिने सचिनले यो उपलब्धि ठ्याक्कै आठ वर्षअघि अर्थात् सन् २०१२ मार्च १६ मा हासिल गरेका हुन्।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

मुम्बई– क्रिकेटमा शतक प्रहार गर्नुलाई खेलाडीको उपलब्धिका रूपमा लिइन्छ। तर, सबैले यो उपलब्धि हासिल गर्न सक्दैनन्।

भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरले भने अन्तर्राष्ट्रिय क्रिकेटमा शतकको पनि शतक प्रहार गरेका छन्, जसलाई ‘महाशतक’ पनि भन्ने गरिएको छ।

‘मास्टर ब्लास्टर’ नामले चिनिने सचिनले यो उपलब्धि ठ्याक्कै आठ वर्षअघि अर्थात् सन् २०१२ मार्च १६ मा हासिल गरेका हुन्। उनले एसिया कपअन्तर्गत बंगलादेशको मिरपुरस्थित शेर–ए–बांग्ला स्टेडियममा घरेलु टोलीविरुद्धको एकदिवसीय खेलमा आफ्नो सयौं (एकदिवसीयमा ४९ औं) शतक प्रहार गरेका थिए। उक्त खेलमा उनले ११४ रन बनाएका थिए।

त्यतिबेला ९९ औं शतकबाट सयौं शतक बनाउन एक वर्ष पर्खिनुपरेको थियो। त्यसअघि उनले टेस्ट क्रिकेटमा ५१ शतक बनाएका थिए।

सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमान कायम गरेका छन्। उनको कीर्तिमानको नजिक अन्य कोही क्रिकेटर पनि पुग्न सकेका छैनन्।

सचिनले आफ्नो २४ वर्षीय क्रिकेट करिअरमा चार सय ६३ एकदिवसीय खेल खेलेका छन्, जसमा उनले १८ हजार ४ सय २६ रन बनाए। त्यस्तै दुई सय टेस्ट खेलमा १५ हजार ९ सय २१ रन बनाएका थिए। 

सचिनले एक टी–२० खेल पनि खेलेका छन्। उनले कूल ६६४ इन्टरनेसनल म्याचमा ३४ हजार ३ सय ५७ रन बनाएका थिए। यो पनि उनको विश्व रेकर्ड नै हो।

सचिनले एकदिवसीयमा १६४ अर्धसतक पनि हानेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक

सचिन तेन्दुलकर– १०० (भारत)

रिकी पोन्टिंग– ७१ (अस्ट्रेलिया)

विराट कोहोली– ७० (भारत)

कुमार संगकारा– ६३ (श्रीलंका)

जैक कैलिस– ६२ (दक्षिण अफ्रिका)

प्रकाशित: Mar 16, 2020| 07:54 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।