मंगलबार, असार ३०, २०८३

वुहानको फुटबल टोली स्पेनबाट चीन फिर्ता हुँदै

कोरोना भारसका कारण स्पेनमा रोकिएको चीनको वुहान जल फुटबल क्लबका खेलाडी र प्रशिक्षक फिर्ता हुने भएका छन्।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

एजेन्सी– कोरोना भारसका कारण स्पेनमा रोकिएको चीनको वुहान जल फुटबल क्लबका खेलाडी र प्रशिक्षक फिर्ता हुने भएका छन्।

चीनमा कोरोनाको संक्रमण धेरै देखिएपछि स्पेनमै रोकिएको लामो समय भएपछि खेलाडी स्वदेश फर्कन लागेका हुन्।

स्पेनिस मिडियाका अनुसार चिनियाँ टोली आज चीन फिर्ता हुँदै छ। जनवरी २२ मा प्रिसिजन ट्रेनिङका लागि त्यहाँ पुगेको टोलीले डेढ महिना युरोपमा बिताइसकेको छ। ऊ पहिले नै चीन फिर्ता हुन चाहेको भए पनि बढ्दो कोरोना संक्रमणका कारण स्वदेश फर्किन सकेको थिएन।

क्लबको फेब्रुअरी १५ सम्म युरोप क्याम्पमा रहने सुरुवाती योजना थियो। चीनमा रोगको संक्रण दर बढ्ने क्रम नरोकिएकाले केही समयअघि भने मार्च अन्तिम सम्मनै युरोप बस्ने जनाएको थियो।

तर, युरोपमा पनि रोग फैलिसकेको र चीनमा भने नियन्त्रणमा आउन थालेको भन्दै टोली स्वदेश फर्कन लागेको बताइएको छ।

‘त्यहाँ धेरै कुराहरु सामान्य अवस्थामा फर्किसकेका छन्,’ वुहान जलका स्पेनिस फुटबल प्रशिक्षक जोस गोन्जालेजले भने, ‘चिनियाँ लिग सुरु हुने बेला भएको छ। त्यसमाथि हामीले १४ दिन त क्वारेन्टाइनमै बस्नुपर्ने हुन्छ। त्यसैले हामी यहाँबाट जति छिटो चीन फर्कियौं त्यति राम्रो हुन्छ।’

स्पेनबाट बिदा भएपछि चिनियाँ टोली सेन्जाहेन जानेछ। त्यहाँ क्लबले चिनियाँ सुपर लिगका लागि प्रिसिजन प्रशिक्षण सक्नेछ। सुपर लिग फेब्रुअरी २२ बाटै सुरु हुनुपर्ने भए पनि कोरोनाभाइरसका कारण स्थगित भएको छ।

वुहानका खलाडीहरु सात महिनाबाट घरबाहिरै ट्रेनिङ गरिरहेका छन्। उनीहरु स्पेन जानुअघि ग्वान्जाउ (वुहानबाट हजार किलोमिटर टाढा) मा ट्रेनिङ गरिरहेका थिए।

चीनमा नयाँ संक्रमण संख्या पनि घटेको छ भने रिकभर हुनेको संख्या बढेको छ। संक्रमित ६६ हजार नौ सय २८ जना रिकभर भएर सामान्य जनजीवनमा फर्किसकेका छन्।

प्रकाशित: Mar 15, 2020| 12:21 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।