बिहीबार, वैशाख ३१, २०८३

१५ घन्टामै ‘कमेडी च्याम्पियन’को भिडियो ‘ट्रेन्डिङ वान’मा

रियालिटी सो ‘कमेडी च्याम्पियन’को ग्रान्ड फिनाले भिडियो युट्युबको ‘ट्रेन्डिङ वान’मा परेको छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं– रियालिटी सो ‘कमेडी च्याम्पियन’को ग्रान्ड फिनाले भिडियो युट्युबको ‘ट्रेन्डिङ वान’मा परेको छ।

National life

युट्युबमा शनिबार राति अपलोड भएको उक्त भिडियो १५ घन्टामै ‘ट्रेन्डिङ वान’मा परेको हो। उक्त भिडियो ६ लाख ६६ हजार पटक हेरिसकिएको छ।

शनिबार सम्पन्न ग्रान्ड फिनालेबाट धादिङका हिमेश पन्त ‘कमेडी च्याम्पियन’को उपाधि जितेका छन्।

युट्युबको ‘ट्रेन्डिङ’मा हास्य टेलिशृंखला ‘सक्किगोनी’ दोस्रो स्थानमा छ। दुई दिनअघि अपलोड गरिएको उक्त भिडियो १९ लाख पटक हेरिएको छ।

 

प्रकाशित: Mar 15, 2020| 05:24 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्