शनिबार, कात्तिक २९, २०८२

हिमेश पन्त बने कमेडीको ‘च्याम्पियन’

विभिन्न चरण पार गर्दै सुमन, खड्गबहादुर पुन र हिमेश फाइनलमा पुगेका थिए। सुमन र खड्गबहादुर एकपटक आउट भईकन वाइल्ड कार्ड इन्ट्रीबाट पुनः प्रवेश गरेका थिए।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

नेपालकै पहिलो स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को विजेता हिमेश पन्त बनेका छन्। दर्शकको भोटका आधारमा उनी विजेता घोषित भएका हुन्।

National life

विभिन्न चरण पार गर्दै सुमन, खड्गबहादुर पुन र हिमेश फाइनलमा पुगेका थिए। सुमन र खड्गबहादुर एकपटक आउट भईकन वाइल्ड कार्ड इन्ट्रीबाट पुनः प्रवेश गरेका थिए।

विजेताले २५ लाख नगद र डाट्सनको रेडी गो कार उपहार पाउने आयोजकले घोषणा गरेको छ। लाइभ प्रशारण भएको फाइनलका लागि आयोजकले तीन हजार दरका टिकट बेचेको थियो।

‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । कार्यक्रमको होस्ट भने रिमा विश्वकर्माले गरेकी छन्।

कमेडी च्याम्पियनको अडिसनबाट ८४ जना छानिएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 14, 2020| 13:43 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्