आइतबार, चैत ८, २०८२

‘काेराेना प्रभाव क्रिकेट र फुटबलमा बढी’

फुटबल र क्रिकेटका कार्यक्रम वर्षभर नै हुने भएकाले यी खेल सुचारु गर्न र व्यावस्थापन गर्न गाह्रो हुन्छ। अन्य खेलमा भने ठूलो असर परिहाल्ने अवस्था छैन।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

कोरोना भाइरस (कोभिड–१९) महामारीले विश्वभर सभा, सम्मेलन तथा मेलाहरु रद्द भएका छन्। विश्व अर्थतन्त्रमै यसले ठूलो मन्दी ल्याउने अनुमान गरिएको छ।

National life

कोरोनाकै कारण फिल्म हलमात्र होइन, धेरै मानिस जम्मा हुने खेलहरूसमेत रद्द भएका छन्। कतिपय मुलुकमा दर्शकबिनै खेलहरू खेलाइए। तर, ती खेल उपलब्धिमूलक र उत्साहप्रद भएनन्।

खेलमा कोरोनाको प्रभावबारे नेपाली फुटबलका लिग निर्देशक सञ्जीव मिश्रसँग विनय सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः

कोरोना भाइरसको महामारीले खेलमा कस्तो असर पारेको छ?

यसले अन्य क्षेत्रजस्तै खेल क्षेत्रमा पनि ठूलो नोक्सानी पुर्‍याएको छ। खेल क्षेत्र पनि एकप्रकारको व्यवसाय जस्तै हो। फिफा आफैंले ‘फुटबल इज अ बिजनेस’ भनेको छ।

Laxmi sunrise bank
kumari

खेलको मुख्य आम्दानी भनेको टीभी राइट्सको रकम हो। च्याम्पियन्स लिग होस् वा क्रिकेट विश्वकप, ओपन टेनिस प्रतियोगिता नै किन नहोस्। यी सबैमा टिभी राइट्स (प्रसारण अधिकार) बिक्रीबाट हुने आम्दानीको भूमिका हुन्छ। यसबाहेक विभिन्न विज्ञापनबाट हुने आम्दानी पनि हुन्छ। अहिले खेल हुन नपाएपछि खेल व्यापारमा घाटा लागेको छ।

त्यस्तै, केही ठाउँमा दर्शक बिनाका रंगशालामा खेल खेलाइएको छ। दर्शकबिना खेल्दा खेलाडीको प्रदर्शनमा प्रत्यक्ष प्रभाव पार्छ।

कसरी ?

खाली स्टेडियममा न खेलाडीलाई जोस आउँछ, न खेलको महत्त्व रहन्छ। मैदान, पिच, घाँस, खेल सबै ठाउँमा उस्तै हुन्छ। फरक त्यहाँ उपस्थित दर्शकले पार्छन्।

प्रशंसकका अगाडि खेल्दा खेलाडीमा बेग्लै उत्साह जागृत हुन्छ। दर्शक नहुँदा होम ग्राउन्ड र अवेकोे फरकै रहँदैन।

यसको दीर्घकालीन असर के हुन्छ ?

प्रत्यक्ष दर्शक नभएका खेल टीभीमा हेर्दा पनि रमाइलो नहुने रहेछ भन्ने त सावित भइसकेको छ। यसले प्रशंसकको उत्साहमा नै ब्रेक लाग्ने अवस्था हुन्छ। कोरोना भाइरस संक्रमण छिट्टै नियन्त्रणमा नआए यसले फुटबललगायत खेलमा असर पार्छ। आयोजक, क्लब र दर्शक सबैलाई दीर्घकालीन असर गर्छ। 

अहिले खेल रद्द हुँदा खेलाडी त्यत्तिकै बस्नुपर्ने अवस्था छ। असर कस्तो होला?

खेलमा हरेक कुराहरू अनुसन्धान गरेर बनाइएको हुन्छ। तालिम, खाना, विश्राम सबैका लागि तालिका बनाइन्छ। कुन खेल कहिले हुने भन्ने विश्वभर नै क्यालेन्डर बनाइन्छ। अहिले पिक आवरमा खेल क्षेत्र ठप्प जस्तै हुन पुगेको छ। यसले समस्या त ल्याउँछ नै ।
विश्वका धेरै मानिस क्वारेन्टाइनमा बसेका बेला खेल्ने खेलाडीहरूमा पनि उत्साह आउँदैन। नकारात्मक मनोविज्ञानको विकास हुनसक्छ।

कोरोना सधैं नरहला, रोकिएका खेल फेरि सुरु होलान नि !

खेल क्षेत्रको आर्थिक पाटो पनि त छ। एकातिर आर्थिक नोक्सानी व्यहोर्नुपर्छ, पछि पनि कहाँबाट कसरी खेल सुरु गर्ने फेरि नयाँ क्यालेन्डर बनाउनुपर्ने हुन्छ। सामान्य अवस्थामा आउन लामै समय लाग्छ।

नेपालमा कस्तो असर पर्ला ?

नेपालमा यसअघि महामारीकैै कारण खेल नरोकिए पनि २०७२ सालको भूकम्पका कारण भने लामै समय लिग रोकिन पुग्यो।
यसै पनि भर्खरै सम्पन्न ‘ए’ डिभिजन लिगमा दर्शकको उपस्थिति कम थियो। आउँदा दिनमा फेरि पनि दर्शकको संख्या कसरी बढाउने भन्ने समस्या झन् धेरै हुनसक्छ।

फुटबल र क्रिकेटका कार्यक्रम वर्षभर नै हुने भएकाले यी खेल सुचारु गर्न र व्यावस्थापन गर्न गाह्रो हुन्छ। अन्य खेलमा भने ठूलो असर परिहाल्ने अवस्था छैन।

प्रकाशित: Mar 14, 2020| 10:44 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।