आइतबार, चैत १, २०८२

कोरोनाबाट ५३८८ को मृत्यु, १ लाख ४२ हजार संक्रमित

संसारका १२९ मुलुकमा फैलिएको यो भाइरस अहिले १ लाख ४२ हजार मानिसमा संक्रमण भएको छ।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट ५३८८ को ज्यान गएको छ।

National life

संसारका १२९ मुलुकमा फैलिएको यो भाइरस अहिले १ लाख ४२ हजार मानिसमा संक्रमण भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्।

चीनमा ८१ हजार, इटालीमा १७ हजार र इरानमा १११ हजार मानिसलाई भाइरस संक्रमण भएको छ।

कोरोना भाइरस संक्रमणको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी घोषणा गरिसकेको छ। यसैबीच अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस नियन्त्रण गर्न ‘संकटकाल’ घोषणा गरेका छन्।

सबैभन्दा धेरै चीनमा चीनमा ३१८९ को मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

यस्तै इटालीमा १२६६, इरानमा ५१४ र दक्षिण कोरियामा ६६ जनाको मृत्यु भएको छ। स्पेनमा ८४, बेलायतमा १० र संयुक्त राज्य अमेरिकामा ३६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

फ्रान्समा ७९, जापानमा २१ र स्विट्जरल्यान्डमा ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

दक्षिण एसियामा पहिलोपटक भारतमा २ जनाको मृत्यु भएको छ। भारत ८२ जनालाई संक्रमण भएको छ।

यस्तै नेपालमा १, बंगलादेशमा ३, भुटानमा १, श्रीलंकामा २, माल्दिभ्समा ८, अफगानिस्तानमा ७ र पाकिस्तानमा २१ जनालाई संक्रमण भएको छ।

कोरोना संक्रमणको त्रासका कारण फिलिपिन्सको राजधानी मनिलाबाट बाहिरिन बसपार्कमा भेला भएका मानिसको भीड । ईपीए

 

प्रकाशित: Mar 14, 2020| 09:22 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।