मंगलबार, असार ३०, २०८३

आहा रारा गोल्डकपको उपाधिका लागि पुलिस र मनाङ भिड्दै

१८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज (शनिबार) नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। खेल पोखरा रंगशालामा दिउँसो २ बजेदेखि सुरु हुने छ।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

पोखरा - १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज (शनिबार) नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। खेल पोखरा रंगशालामा दिउँसो २ बजेदेखि सुरु हुने छ।

नवौं पटक प्रतियोगिताको फाइनल यात्रा तय गर्ने क्रममा पुलिसले थ्री स्टार क्लबलाई ३-० ले पराजित गरेको थियो भने मनाङ आर्मीलाई ३-१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। पुलिसले ६ पटक प्रतियोगिताको उपाधि जितेको छ भने मनाङले ५ पटक उपाधि जितेको छ ।

फाइनलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले खेल आफूले जित्ने दाबी गरे।

प्रतियोगिताको उपाधि जित्ने टोलीले १० लाख एक हजार तथा उपविजेताले पाँच लाख एक हजार नगद प्राप्त गर्नेछ।

 

प्रकाशित: Mar 14, 2020| 04:43 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।