आइतबार, चैत १, २०८२

चीनपछि कोरोना महामारीको नयाँ केन्द्रबिन्दु युरोप

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको अबको केन्द्रबिन्दु युरोप भएको बताएको छ। डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हानोमले चीनपछि अबको केन्द्रबिन्दु युरोप बनेको बताए। उनले संक्रमणविरुद्ध आक्रामक भएर प्रस्तुत हुन पनि विश्वसमुदायलाई अपिल गरेका छन्।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको अबको केन्द्रबिन्दु युरोप भएको जनाएकाे छ। डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हानोमले चीनपछि अबको केन्द्रबिन्दु युरोप बनेको बताए। उनले संक्रमणविरुद्ध आक्रामक भएर प्रस्तुत हुन पनि विश्वसमुदायलाई अपिल गरेका छन्।

National life

पछिल्लो समय इटालीमा तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमण र त्यहाँ दिनहुँ ठूलो संख्यामा भैरहेको मृत्युका कारण डब्ल्यूएचओले युरोपलाई कोरोनाको चीनपछिको अर्को ठूलो केन्द्रबिन्दु बनेको बताएको हो।

डा टेड्रोसले याे दर दिनप्रतिदिन भयावह रुपमा बढ्दै गएको बताए। युरोपेली मुलुक इटालीपछि सबैभन्दा बढी कोरोनाको संक्रमण स्पेनमा देखिएको छ।

डब्ल्यूएचओका अनुसार इटालीमा पछिल्लो २४ घण्टामा २५० जनाले ज्यान गुमाएका छन्। यो हालसम्म कुनै पनि मुलुकमा बितेको एक दिनमा भएको सबैभन्दा ठूलो मृत्युको संख्या हो। इटालीमा हालसम्म १२६६ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ६ सय ६६ जनामा संक्रमण देखा परेको छ।

यस्तै स्पेनमा १३३ जनाको मृत्यु भएको छ भने ५ हजार २ सय ३२ जनामा संक्रमण देखा परेको छ। फ्रान्समा ७९ जनाको मृत्यु भएको छ भने ३६६१ जनामा संक्रमण फेला परेको छ। जर्मनीमा पनि ३६७५ जनामा संक्रमण भेटिँदा ८ जनाको मृत्यु भइसकेको छ। यो दर हेर्दा युरोपमा कोरोना संक्रमण तीव्र गतिमा बढीरहेको देखिन्छ।

कोरोनाको संक्रमण हालसम्म १४५ देशमा देखा परेको छ भने यसबाट कुल १ लाख ४५ हजार जना संक्रमित भएका छन्। कोरोनाका कारण हालसम्म ५ हजार ४ सय ३६ जनाको मृत्यु भैसकेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 14, 2020| 04:14 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।