आइतबार, चैत १, २०८२

ट्रम्पले गरे 'राष्ट्रिय संकट'को घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आपतकालको घोषणा गरेका छन्। देशमा बढ्दै गएको कोरोना संक्रमणका कारण उनले मुलुकभर आपतकालको घोषणा गरेका हुन्।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

National life
Laxmi sunrise bank
kumari

अमेरिका - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आपतकालको घोषणा गरेका छन्। देशमा बढ्दै गएको कोरोना संक्रमणका कारण उनले मुलुकभर आपतकालको घोषणा गरेका हुन्।

आपतकालको घोषणासँगै कोरोनासँग लड्नका लागि संघीय सरकारले ५० अर्ब अमेरिकी डलर खर्च गर्न पाउने बाटो खुलेको छ। अमेरिकामा हालसम्म कोरोनाका कारण ४० जनाको मृत्यु भैसकेको छ भने यसबाट १ हजार ७ सय एक जना संक्रमित रहेका छन्।

ह्वाइट हाउसबाट आपतकाल घोषणा गर्दै राष्ट्रपति ट्रम्पले भने,‘संघीय सरकारको पूर्ण सहयोग प्राप्त गर्न म आधिकारीक रुपमा राष्ट्रिय संकटको घोषणा गर्दछु। उनले सम्पूर्ण राज्यलाई आपतकालिन सञ्चालन केन्द्र स्थापित गर्न आदेश दिँदै सरकार कोरोना नियन्त्रणका लागि तीव्र गतिमा अगाडि बढीरहेको बताए।

प्रकाशित: Mar 14, 2020| 03:21 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।