बिहीबार, भदौ ४, २०८३

खाजा खानकै लागि स्कुल आउँछन् चेपाङ बालबालिका

धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीस्थित प्रजा आधारभूत विद्यालयका चेपाङ बालबालिका विद्यालय आउँदा भोकै आउँछन् भन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविकता वर्षौंदेखि चलिरहेको छ ।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीस्थित प्रजा आधारभूत विद्यालयका चेपाङ बालबालिका विद्यालय आउँदा भोकै आउँछन् भन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविकता वर्षौंदेखि चलिरहेको छ ।

कक्षा २ मा अध्ययनरत सेविका चेपाङ सात वर्षकी भइन् । घरमा खानेकुरा नभएकाले बिहान उनी खाना नखाइ आउँछिन् । जब विद्यालय आउँछिन् । यताउता हेरिरहने बानी छ । कहिलेकाहीँमात्र बिहानको खाना खाएर आउने भएकाले धेरैजसो भोकै आएपछि खाजा बनाउने ठाउँतिर एकटकले हेरेपछि उनी कक्षातिर पुग्ने गर्छिन् । निन्याउरो अनुहार बनाएर कक्षामा बस्ने भएकाले कतिखेर खाजा खान पाइन्छ भनेर उनीहरु झ्यालतिर हेरेर बसेको टिठलाग्दो दृश्य देखिन्छ ।

कक्षा २ मा अध्ययन गर्ने अनिशा चेपाङ पनि खाली खुट्टा विद्यालय आउँछिन् । विद्यालय पोशाक लगाएको देखिएकै छैन । आमाबुबा ज्याला गर्न जान्छन् । बिहान निस्कने आमाबुबाले बेलुका घरमा खानेकुरा ल्याए भने उनीहरुले खानाखान पाउँछन् अन्यथा बेलुका पानी खाएर भोकै बस्नु उनीहरुको बाध्यता हो । कक्षा ४ मा अध्ययनरत १० वर्षीय सुजन चेपाङ पुरानो कपडा लगाएर विद्यालय आउँछन् । ज्याला गरेर किनेको चप्पलसमेत फाटेको छ । विद्यालय आउँदा लाज हुने भएपछि उनी बिदाको दिन ज्याला गरेर कमाएको थोरै पैसा जोहो गरेर चप्पल किनेर लगाउने गर्छन् ।

कक्षा ४ मा अध्ययन गर्ने सन्तोष चेपाङको हालत पनि उस्तै छ । खानेकुरा घरमा छैन । विद्यालयको खाजाका लागि आउने गरेको चेपाङ बालबालिका समस्यासँग जुधिरहेका छन् । चार कक्षा पढ्ने भए पनि उनीहरु ज्याला गर्न जान सक्ने कहलिन्छन् । ज्याला गर्न नपाएको दिन विद्यालय आउने विद्यार्थीको सङ्ख्या पनि बढी नै छ । ज्याला गर्नु उनीहरुको बाध्यता र पेट पाल्ने आधारका रुपमा लिइएको छ ।

यी पात्रहरु प्रतिनिधिमात्र हुन् । प्रजा आधारभूत विद्यालयमा अध्ययन गर्ने ११० विद्यार्थीमध्ये २५ विद्यार्थी हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने ७५ विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेका विद्यालयका प्रधानाध्यापक अप्सरा मैनालीले राससलाई जानकारी दिइन् ।

घरमा खाने अन्न नभएका चेपाङ समूदायको बसोबास रहेको सिमथलीमा ७० घर छन् । छाप्रा बनाएर बसेको गाउँमा र विद्यालयमा खानेपानीसमेत छैन । विकासको सबै पूर्वाधारको पहुँचबाट टाढा रहेको सिमथलीवासीका लागि आयआर्जनको कुनै उपाय नभएपछि गाउँवासी ज्याला मजदूरी गर्न गाउँ छाडेर हिँड्ने र केही मानिस बच्चा भएकाले गाउँमै बसेर एक छाकको भरमा जीवन निर्वाह गरिरहेको कष्टकर जीवन देख्न सकिन्छ ।

नेपाल सरकारले २०३५ सालदेखि लागू गरेको प्रजा विकास कार्यक्रम र गैहसरकारी संस्थाले गरेको विकासले नछोएको र उनीहरुको फोटोमात्र कार्यालयमा पुगेको अवस्थामा गाएको विकासमा लाग्ने हो भने गाउँवासीको आम्दानी हुने योजना स्थानीय सरकारले बनाएर मात्र सम्भव हुने प्रधानाध्यापक मैनालीको भनाइ छ ।
रासस

प्रकाशित: Mar 13, 2020| 09:16 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।