मंगलबार, असार ३०, २०८३

टी–२० वरीयतामा सन्दीपको दुई स्थान सुधार

नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछानेले टी–२० वरीयतामा दुई स्थान सुधार गरेका छन्।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

काठमाडौं– नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछानेले टी–२० वरीयतामा दुई स्थान सुधार गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको वरीयता अनुसार सन्दीप ८४ औं स्थानमा उक्लिएका छन्।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का भने ब्याटिङतर्फको वरीयतामा १२ स्थान तल झरेका छन्। आईसीसीको बरीयतामा उनी ७५ औं स्थानमा छन्। 

अलराउन्डरतर्फ पारस २६ औं स्थानमा यथावत छन्। त्यस्तै, अलराउन्डरतर्फ सोमपाल कामी सात स्थान खस्किएर ७३ औं तथा करण केसी १४ स्थान तल झर्दै ८८ औं स्थानमा पुगेका छन्। 

जारी वरीयता अनुसार ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्ष स्थानमा छन्। यस्तै, भारतका केएल राहुल दोस्रो र अस्ट्रेलिया कप्तान आरोन फिन्च तेस्रो स्थानमा यथावत छन्। 

बलिङतर्फ अफगानिस्तानका स्पिनर राशिद खान शीर्ष स्थानमा छन्। अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा छन्।  

प्रकाशित: Mar 13, 2020| 01:52 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।