सोमबार, भदौ २९, २०८३

आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र पुलिस भिड्ने

पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

पोखरा - पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।

आज भएको दोस्रो सेमिफाइनल खेलमा मनाङले आर्मीलाई हराउँदै उपाधि भिडन्तमा पुलिससँगको भेट पक्का गरेको हो। पोखरास्थित पोखरा रंगशालामा बिहीबार सम्पन्न खेलमा मनाङले आर्मीलाई ३-२ ले पराजित गर्‍यो।

मनाङका लागि विमल राना, अन्जन विष्ट र फ्लोरेन्टले गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलमा आर्मीका तर्फबाट कप्तान भरत खवास र दिप कुमार लामाले गोल गरेका थिए।

पहिलो सेमिफाइन खेलमा पुलिसले थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।

प्रतियोगिताको फाइनल जित्ने टोलीले १० लाख एक हजार पुरस्कार पाउने छ भने उपविजेताले पाँच लाख एक हजार पाउने छ।

प्रकाशित: Mar 12, 2020| 11:37 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।