मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्व-११ र एसिया-११ बीचको खेल स्थगित, बन्द रंगशालामा होला त आईपीएल?

विश्व-११ र एसिया-११ बीचको खेल स्थगित, बन्द रंगशालामा होला त आईपीएल?

बंगलादेशमा हुने भनिएको विश्व-११ र एसिया-११ को खेल स्थगित भएको छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्व-११ र एसिया-११ को खेल स्थगित भएको हो।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

बंगलादेशमा हुने भनिएको विश्व-११ र एसिया-११ को खेल स्थगित भएको छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्व-११ र एसिया-११ को खेल स्थगित भएको हो।

बंगलादेश क्रिकेट बोर्ड(बीसीबी)ले २१ र २२ मार्चमा ढाकामा हुने खेल रोकेको हो। बिहीबार एक सूचना जारी गर्दै बोर्डले खेल स्थगित गरिएको जानकारी दिएको छ। स्थगित खेल कहिले हुने भन्ने तय गरिएको छैन।

उता, इन्डियन प्रिमियर लिग (आईपीएल) पनि हुने वा नहुनेमा अन्योलता बढेर गएको छ। भारतले अप्रिल १५ सम्म विदेशीलाई भारत आउन प्रतिबन्ध लगाएपछि यसको सिधा असर आईपीएलमा परेको हो। भारतमा मार्च २९ बाट आईपीएल हुने तय भएको छ।

यता, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले भने आईपीएल निर्धारित मितिमै हुने बताउँदै आएका छन्। तर, अधिवक्ता एलेक्स वेन्जिगरले मद्रास हाइकोर्टमा मुद्दा दायर गर्दै कोरोनाभाइरस कारण आईपीएल स्थगन गर्न माग गरेका छन्। आइपीएलबारे निर्णय गर्न १४ मार्चमा आईपीएलको गभर्निङ अंगको बैठक बोलाइएको छ। यो बैठकमा आईपीएलबारे निर्णय हुने बताइएको छ।

सबै खेल बन्द रंगशालामा गराउ : भारत सरकार

यसैबीच भारत सरकारले आईपीएललगायत सबै खेल बन्द रंगशालामा गराउन निर्देशन दिएको छ। भारतीय खेल मन्त्रालयले बीसीसीआईलाई देशमा कुनै पनि प्रकारको टुर्नामेन्ट गराउनु परेमा बन्द रंगशालामा गरानुपर्ने बताएको हो।

सरकारको यस फैसलाबाट आईपीएललगायत अन्य कुनै पनि खेलमा दर्शकको उपस्थिती नहुने देखिएको छ। खेल सचिव राधेश्याम जुलानियाले कुनै खेल रद्द गर्न सकिन्न भने त्यो ढोका बन्द गरेर बिनादर्शक खेलाउनु पर्ने बताए। सचिवले स्वास्थ्य मन्त्रालयले दिएको आदेश पालना गर्न सबैलाई अनुरोध पनि गरेका छन्।

प्रकाशित: Mar 12, 2020| 10:39 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।