मंगलबार, असार ३०, २०८३

क्वारेन्टाइनमा रोनाल्डो

पोर्चुगल तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नै घरको क्वारेन्टाइनमा बसेका छन्। पोर्चुगलको मदेरा निवासमा उनी क्वारेन्टाइनमा बसेका हुन्।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

पोर्चुगल तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नै घरको क्वारेन्टाइनमा बसेका छन्। पोर्चुगलको मदेरा निवासमा उनी क्वारेन्टाइनमा बसेका हुन्।

इटालीयन क्लब युभेन्टसका डेनियल रुवानीलाई कोरोनाको टेस्ट सकारात्मक देखिएको थियो। रुवानीमा संक्रमण देखिएपछि रोनाल्डोलाई इटाली नआउन र आफ्नै घरमा बस्न भनिएको हो।

३५ वर्षीय रोनाल्डो आमालाई भेट्न घर गएका थिए। हाल उनकी आमा स्ट्रोकको विरामी छिन्। तर, उनी फर्कनु अगावै इटालीमा व्यापक रुपमा कोरोनाको संक्रमण फैलिएपछि उनलाई घरमै बस्न भनिएको छ।

रोनाल्डोले संक्रमण देखिएका रुवानीसँग शनिबारको खेलमा ड्रेसिङ रुम सेयर गरेका थिए। त्यो दिनको खेल बन्द रंगशालामा भएको थियो, जहाँ युभेन्टसले इन्टर मिलानलाई २-० ले हराएको थियो।

खेलपछि मिरालेम प्जानिकले एक तस्बिर सार्वजनिक गर्दै दुवै खेलाडीले सँगै जित सेलिब्रेट गरिरहेको देखाएको थियो। खेलका दौरान रुवानीसँग सम्पर्कमा आएका सबैलाई अलग्गै(आइसोलेसन) बस्न भनिएको छ। रुवानी उक्त खेलको रोजाइमा परेका थिएनन्। जसकारण उनीबाट संक्रमण धेरै फैलिएको हुन नसक्ने अनुमानसमेत गरिएको छ। उनी बेन्चमै थिए।

इटालीमा अप्रिल ३ सम्म सबै खेलमा प्रतिबन्ध लगाइएको छ। युभेन्टसले च्यम्पियन्स लिगमा आउँदो मंगलबार लायनसँग प्रतिस्पर्धा गर्ने तय भएको छ। तर, यो खेल युइएफएले स्थगित गर्ने विश्वास गरिएको छ।

प्रकाशित: Mar 12, 2020| 09:52 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।