बिहीबार, वैशाख १३, २०८१

लुम्बिनी : माधव नेपाल कमजोर, ओली पक्ष बलियो

नेकपा एमाले विभाजन गरि नेकपा एकिकृत समाजवादी पार्टी खोलेका माधवकुमार नेपालका पक्षमा लुम्बिनीमा भने निकै कम जनप्रतिनिधिले साथ दिएका छन्।
 |  मंगलबार, भदौ २२, २०७८

विनोद परियार

विनोद परियार

मंगलबार, भदौ २२, २०७८

बुटवल- नेकपा एमाले विभाजन गरि नेकपा एकिकृत समाजवादी पार्टी खोलेका माधवकुमार नेपालका पक्षमा लुम्बिनीमा भने निकै कम जनप्रतिनिधिले साथ दिएका छन्। एक जना प्रदेशसभा सदस्य र ७१ जना स्थानीय तहका जनप्रतिनिधिले नेपालको पार्टी राजेका हुन्। 

triton college

पहिले नेपाललाई साथ दिएका युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरु एमालेमै बसेपछि नयाँ दल रोज्‍नेहरुको संख्या कम भएको हो। 

लुम्बिनी प्रदेश सभामा पाल्पाका रमा घर्ती मगर मात्रै नेकपा एकिकृत समाजवादीमा खुलेकी छन। लुम्बिनीमा एमालेका ३७ जना सांसद छन्। तर, पाल्पाकी घर्ती नयाँ दलमा गएपछि एमालेमा भने ३६ जना सांसद संख्या रहेको छ। यसअघि नेपाल पक्षमा खुलेका विष्णु पन्थी एमालेमै बसेका छन्।

स्थानीय तहका जनप्रतिनिधिले पनि निकै कम मात्रै नयाँ दल रोजेका छन। सबैभन्दा धेरै दाङ जिल्लामा २१ जनाले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन्। रुपन्देहीमा घनश्याम भूसालले केही जनप्रतिनिधिलाई रोक्न सफल भएका छन्। रुपन्देहीमा नेकपा एमालेका एक जना उपमेयर सहित सात जनाले नेकपा एकिकृत समाजवादी रोजेका छन्। 

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याय भण्डारीले सोमबार ५ जना र मंगलबार २ जना गरि ७ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेको बताए। मंगलबार रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ का सदस्यहरु सरस्वती पोखरेल र सितादेवी विकले एकीकृत समाजवादीमा सनाखत गरेको जानकारी दिए। 

corrent noodles
Metro Mart

पोखरेल वडा नम्बर ७ कि महिला सदस्य हुन् भने बिक दलित महिला सदस्य हुन्। यसअघि सोमबार एकजना नगर उपप्रमुखसहित पाँच जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए। सोमबार सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहित बुटवलका वडा सदस्यहरु चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षेत्रीले निर्वाचन कार्यालय भैरहवा पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।

रुपन्देहीमा १६ स्थानीय तहमध्ये सातवटामा प्रमुख र आठवटामा उपप्रमुख पद एमालेले जितेको थियो। १५ जना प्रमुख र उपप्रमुखमध्ये एकजनाले एकीकृत समाजवादी रोज्दा १४ जना भने एमालेमै छन्। एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भूसालले जनप्रतिनिधि रोक्न जिल्लामै बसेकाले पनि धेरै जना नखुलेको नेकपा एकिकृत समाजवादीका रुपन्देही संयोजक राजु गुरुङले बताए। 

सनाखत गर्न हिडेका जनप्रतिनिधिलाई समेत विभिन्‍न प्रलोभन देखाएर बाटैबाट फर्काइएको उनले बताए। त्यस्तै रुपन्देहीका १९ जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी छोडेर लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्। मर्चवारी गाउँपालिकाका प्रमुख केशवनन्द बानिया र उपप्रमुख सुनिता कलवारसहित १९ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका हुन्। 

स्थानीय तहको निर्वाचनमा रुपन्देहीका चारवटा स्थानीय तहमा जनता समाजवादी पार्टीले सिट सुनिश्चित गरेको थियो। त्यस्तै दाङको स्थानीय तहका २१ जना जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादी दल रोजेका छन्। भदौ १५ गतेदेखी २२ गते सम्म दल रोज्न समय निर्धारण गरेको थियो। 

सोही अनुसार दाङका स्थानीय पालिकाका २१ जना जनप्रतिनिधिहरुले प्रदेश निर्वाचन कार्यालय दाङमा सनाखत गरेको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए। समाजवादीका नेता मेटमणि चौधरी र भागवत विश्वासीको जिल्ला भएकाले यहाँ केहि प्रभाव परेको हो। तर, अधिकांश जनप्रतिनिधिले भने एमाले छाडेनन्। 

त्यस्तै अर्घाखाँची जिल्लामा एमालेबाट निर्वाचित एक गाउँपालिका उपाध्यक्षसहित ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित चारजनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै अन्य बाँकी वडा सदस्यहरु रहेको निर्वाचन आयोगले जनाएको छ।

 गोकर्णले रोके जनप्रतिनिधि 

गुल्मीमा नेकपा एकिकृत समाजवादी पार्टी जनप्रतिनिधीका रुपका हिसावले समेत निल बनेको छ। निर्वाचन आयोगले दल रोज्‍न पाउन मंगलबार अन्तिम दिन भदौ २२ गतेको कार्यलय समय भर कुनै एक जना पनि जनप्रतिनिधी  नेकपा समाजवादी दल रोज्‍न नआएको हो। जिल्ला निर्वाचन अधिकारी माया कुँवरले जानकारी दिइन्।

 नेकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको जन्मथलो गुल्मीमा नेकपा एमालेबाट एक जना कार्यकर्ता समेत हाल सम्म सो पार्टीमा नखुलेका छैन।

जिल्ला निर्वाचन अधिकारी कुँवरले दिएको विवरण अनुसार गुल्मीका २ नगरपालिका र १० गाउँपालिकासहित १२ वटा पालिकामध्ये सातवटा पालिका प्रमुखमा एमालेका नेताहरु छन्। १० जना उपप्रमुख छन्।  वडाध्यक्ष र  वडा सदस्य ३१३ जनासहित ३ सय ३०  जना नेकपा एमालेका स्थानीय जनप्रतिनिधीहरु रहेका छन्। राष्ट्रियस्तरमा रामकुमारी झाँक्रीको प्रभाव र चर्चा चुलिए पनि स्थानीय तहमा भने उनको प्रभाव कमजोर देखिएको छ।

यसैगरि बाँकेमा एक जना वडाध्यक्षसहित १२ जनाले नेकपा एकीकृत समाजवादी दल रोजेका छन्। एक वडाअध्यक्ष सहित ३ कार्यपालिका सदस्य र बाँकी सदस्यहरु रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले बताए। एक जना सदस्यले भने एमालेमै फर्केको निवेदन दिएको उनले बताए। 

यसैगरि कपिलबस्तुमा नेकपा एमाले परित्याग गरि नेकपा एकिकृत समाजवादीमा एक जना मात्रै वडा सदस्य खुलेका छन्। शिवराज नगरपालिका कार्यपालिका एक जना सदस्यले जिल्ला निर्वाचनमा गएर समाजवादीमा सनाखत गरेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै अर्का शिवराज नगरपालिकाका एक जना वडाअध्यक्षले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्। त्यसैगरि प्यूठानमा ७, रुकुम पूर्वमा एक उपाध्यक्ष सहित ५, रोल्पामा ५, पाल्पा, नवलपरासी र कपिलबस्तुमा एक-एक जनाले मात्रै नेकपा एकिकृत समाजवादी पार्टी रोजेको पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले बताए। 

लुम्बिनीमा नेकपा एकिकृत समाजवादी (स्थानीय तह जनप्रतिनिधि) 

दाङ - २१ 

बाँके – ११ 

रुपन्देही– ७ 

बर्दिया – ६ 

रुकुम पूर्व – ५ 

रोल्पा – ५ 

अर्घाखाँची – ६ 

प्युठान – ७ 

गुल्मी – ० 

पाल्पा –१ 

नवलपरासी (पश्चिम) –१ 

कपिलवस्तु – १ 






प्रकाशित: Sep 07, 2021| 20:48 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।