आइतबार, चैत ८, २०८२

रित्तो रंगशालामा च्याम्पियन्स लिग, बाहिर दर्शकको नाचगान

पहिलो लेग आफ्नै मैदानमा खेलेर जर्मनी टोली दोस्रो खेल खेल्न फ्रान्स पुगेको थियो। विश्वभर कोरोनाको संक्रमण बढेकाले यूइएफएले दर्शकबिनै खेल गराउने निर्णय गरेको थियो।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को असर हरेक क्षेत्रमा परिरहेको छ। खेल क्षेत्र पनि यसबाट अछूतो रहने कुरै भएन। कोरोनाका कारण अन्तर्राष्ट्रिय स्तरका ठूलठूला टुर्नामेन्टहरु स्थगित भएका छन्। केही टुर्नामेन्ट भने निकै सतर्कता अपनाएर खेलाइएको छ।

National life

च्याम्पियन्स लिगको बुधबार राति सम्पन्न खेलले पनि कोरोनाको मारमा पर्यो। खेल थियो बोरुसिया डर्टमन्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी)को।

पहिलो लेग आफ्नै मैदानमा खेलेर जर्मनी टोली दोस्रो खेल खेल्न फ्रान्स पुगेको थियो। विश्वभर कोरोनाको संक्रमण बढेकाले यूइएफएले दर्शकबिनै खेल गराउने निर्णय गरेको थियो।

त्यसैले पीएसजीले आफ्नै मैदानमा घरेलु समर्थक बिना नै बोरुसियासँग खेल्यो। रंगशालाभित्र पीएसजी २–० को जित निकाल्दै डर्टमन्डमाथि हावी भयो। रंगशाला बाहिर भने पीएसजीका समर्थक नाराबाजी र नाचगानमा उत्रिए। उनीहरु मोबइलमा लाइभ हेरेर बाहिरैबाट कराइरहेका थिए।

बीबीसीका अनुसार पीएसजीका फ्यान बलपूर्वक रंशाला बाहिर भेला भएका थिए। कोही मानिस झण्डा फरफराइरहेका थिए भने कोही पटाका पड्काइरहेका थिए। कोही भने उज्यालोको लागि बत्ति बालिरहेका थिए। प्रहरीलाई भने दर्शकको भीड व्यवस्थापन गर्न हम्मे परेको थियो।

Laxmi sunrise bank
kumari

पीएसजीका लागि ब्रजिलियन फरवार्ड नेयमार जुनियर र जुअन बर्नाट भेलास्कोले गोल गरेपछि समर्थकहरुले रंगशाला बाहिरै नाचगान गरेका थिए। उनीहरुले क्रमशः २८ औं र पहिलो हाफको इन्ज्युरी सयममा गोल गरेका थिए।

पहिलो लेगको खेलमा नर्वेजियन फरवार्ड हालान्डले दुई गोल गरेका थिए। तर दोस्रो लेगमा उनले गोल गर्न सकेनन्। जसकारण पीएसजीका खेलाडी तथा अफिसियलले खेलपछि उनलाई गिज्याएका थिए।

गोल गरेपछि उनी आफ्नो फेवरेट योगा आशनमा बस्ने गरेका थिए। तर, बुधबार राति उनले गोल गर्न नसकेपछि पीएसजीका खेलाडीले उनको योगा आशनमा बसेर हालान्डलाई गिज्याए।

खेलको ८९ औं मिनेटमा एम्री क्यानले रेड कार्ड पाए। उनले नेयमारलाई फल गरेपछि खेलबाट निकालिएका थिए। उनले ब्राजिलियन खेलाडीमाथि फल गर्दै मैदानमा लडाएका थिए। त्यसपछि केही समय खेल तनावग्रस्त भएको थियो।

खेलाडी आपसमा भिड्न थालेपछि रेफ्री टेलरले नेयमार, माक्र्विन्होस र डि मारियालाई पहेँलो कार्ड देखाइदिएका थिए।

इन्ज्युरी समयमा केलियन एम्बाप्पेले पनि पहेंलो कार्ड पाएका थिए। उनले रेयनालाई बुक गरेका कारण पहेंलो कार्ड पाएका थिए।

पहिलो लेगको खेलमा डर्टमन्डले २–१ को गोलअन्तरले जितलाई आफ्नो पक्षमा पारेको थियो। दोस्रो हाफमा पीएसजी २–० ले डर्टमन्डलाई हराउँदै क्वाटरफाइनलमा पुग्यो।

पहिलो र दोस्रो लेगको समग्र निजिता ३–२ भएकाले पीएसजी क्वाटरफाइनलमा पुगेको हो।

पीएसजी डर्टमुन्डसँग घरेलु मैदानमा पछिल्ला ८ खेलमा हारेको छैन। उसले सात खेलमा जित र एक बराबरी खेलेको छ। जितसँगै पीएसजी छैटौं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित: Mar 12, 2020| 03:28 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।