मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ६ पटकको विजेतालाई हराउँदै एट्लेटिको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

६ पटकको विजेतालाई हराउँदै एट्लेटिको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

लिभरपुलका लागि पहिलो गोल जर्जियो विज्नाल्दुमले गरे। उनले खेलको ४३ औं मिनेटमा सुरुवाती गोल गरेका थिए। त्यसपछि निर्धारित ९० मिनेटसम्म पनि गोल हुन सकेन।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

स्पेनिस टोली एट्टिको म्याड्रिडसँग हार बेहोरेर च्याम्पियन्स लिगको साविक विजेता लिभरपुल अन्तिम १६ बाटै बाहिरिएको छ। बुधबार राति सम्पन्न दोस्रो लेगको खेलमा घरेलु मैदानमै ३–२ गोल अन्तरको सामना गरेर साविक विजेता क्लब बाहिरिएको हो।

लिभरपुलको इन्फिल्ड रंगशालामा भएको खेलमा जित निकाल्दै पाहुना टोली क्वाटरफाइनलमा प्रवेश गरेको छ। पाहुना टोलीका तर्फबाट मार्कोस लारेन्तेले दुई गोल गरे भने अल्वारो माराटाले एक गोल गरे।

लिभरपुलका लागि पहिलो गोल जर्जियो विज्नाल्दुमले गरे। उनले खेलको ४३ औं मिनेटमा सुरुवाती गोल गरेका थिए। त्यसपछि निर्धारित ९० मिनेटसम्म पनि गोल हुन सकेन।

पहिलो लेगमा लिभरपुल १ गोलले पछि परेका कारण समग्रमा खेलको नजिता १–१ को बराबरी थियो। त्यसैले नतिजाका लागि खेल आधा घण्टा लम्ब्याइएको थियो। थपिएको आधा घण्टामै एट्लेटिकोले तीन गोल गर्यो। यता, लिभरपुलले एक गोल मात्र गर्न सक्यो।

९४ औं मिनेटमो लिभरपुलले गोल गर्दै अग्रता बनाएको थियो। तर मार्कोसले ९७ औं र इन्ज्युरी समयमा गोल गर्दै स्पेनीस टोलीलाई अग्रतामा पुर्याए। त्यस्तै, इन्ज्युरी समयमै मोराटाले गोल गरेर जितलाई ३–२ मा पुर्याएका थिए।

गएरातिको ३–२ र पहिलो लेगको १–० गरेर समग्रमा एट्लेटिको ४–२ को नितिजासँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्यो भने ६ पटकको विजेता लिभरपुल अन्तिम १६ बाट बाहिरिएको छ।

प्रकाशित: Mar 12, 2020| 03:15 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।