शनिबार, कात्तिक २९, २०८२

थानेश्वर र लालीको 'धानको चुली' चुलिँदै

गायक थानेश्वर गौतम र लाली बुढाथोकीको 'धानको चुली' नामक लोक गीत दर्शक, स्रोताको मन जित्न सफल बनेको छ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

काठमाडौं- गायक थानेश्वर गौतम र लाली बुढाथोकीको 'धानको चुली' नामक लोक गीत दर्शक, स्रोताको मन जित्न सफल बनेको छ।

National life

गीतको लय सृजना गायक गौतमले नै गरेका हुन् भने शब्द रचना प्रभा बर्तौलाको रहेको छ।

संगीत संयोजन राजन इशान र निर्देशन प्रकाश भट्टले गरेका छन्। ग्रामीण परिवेशसहित, नेपाली संस्कृति र मायाँ प्रेममा आधारित गीतलाई बिहानी डिजिटल म्युजिक सेन्टरको युट्युव च्यानलबाट रिलिज गरिएको छ।

गीतको म्युजिक भिडियोमा केकी अधिकारी र पुष्प खड्काको अभिनय देख्न सकिनेछ। नेपाली सांगितक क्षेत्रमा थानेश्वर शाष्त्रिय गजल गायनदेखि लोक गीतसम्म स्थापित नाम हो।

गायिका बुढाथोकी र गायक गौतमका यसअघिका मार्यो नी मायाँले र कालेमा काले जस्ता चर्चित सालैजो भाका रहेका छन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Mar 11, 2020| 15:00 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्