आइतबार, चैत १, २०८२

बेलायतकी कनिष्ठ स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

बेलायतकी कनिष्ठ स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

लन्डन– बेलायतकी कनिष्ठ स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।

National life

स्वास्थ्यकर्मीले डोरिजलाई कहाँबाट भाइरस संक्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भएकी थिइन्।

स्वास्थ्यमन्त्री डोरिजले आफूसँगै घरमा बसिरहेकी ८४ वर्षीया आमाको स्वास्थ्यबारे आफूलाई चिन्ता लागेको बताइन्।

बेलायतमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म ६ जनाको ज्यान गइसकेको छ भने करिब चार सय जना संक्रमित छन्।

प्रकाशित: Mar 11, 2020| 02:51 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।