मंगलबार, असार ३०, २०८३

टोटेनहम च्याम्पियन्स लिगबाट बाहिरियो

युरोपको चर्चित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ को खेलबाट साविक उपविजेता टोटेनहम बाहिरिएको छ। मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा लिप्जिङसँग ०–३ को हार बेहोरेर टोटेनहम बाहिरिएको हो।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

लन्डन– युरोपको चर्चित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ को खेलबाट साविक उपविजेता टोटेनहम बाहिरिएको छ। मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा लिप्जिङसँग ०–३ को हार बेहोरेर टोटेनहम बाहिरिएको हो।

लिप्जिङको मैदान रेड बुल एरियानामा सम्पन्न खेलमा घरेलु टोलीका मार्सेल सविट्जर र एमिल फर्सबर्गले गोल गरे। मार्सेलले खेलको १० औं र २१ औ मिनेटमा गोल गरेर टोलीलाई पहिलो हाफमा दुई गोलको अग्रतामा पुर्याएका थिए।

त्यस्तै, दोस्रो हाफमा इमिलले एक गोल गरे। उनले खेलको ८७ औं मिनेटमा गोल गर्दै टिमलाई ३–० काे जित दिलाए।

टोटेनहमको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा पनि लिप्जिङले १–० को गोल अन्तरले जित आफ्नो पोल्टामा पारेको थियो। मंगलबार रातिको थप तीन गोल सँगै उसले समग्रमा ४–०को गोल अन्तरले टोटेनहमलाई हरायो।

जितसँगै लिप्जिइङ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

लिकिकको ४ गोलसँगै एटलान्टा विजयी

च्यम्पियन्स लिगकै अर्को खेलमा एटलान्टाले भ्यालेन्सियालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश पाएको छ। उसले समग्रमा ८–४को गोलअन्तरले जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।

भ्यालेन्सियाकै मैदान मैस्ताल्लामा मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा पहुना टोली ४–३ ले विजयी भयो। एटलान्टाका लागि चारै गोल जोसिप लिकिकले गरे। उनले ३, ३४, ७१ र ८२ औं मिनेटमा गोल गरे।

प्रतिस्पर्धी भ्यालेन्सियाका लागि केभिन गामेरियो र फेरान टोरेसलेग गोल गरे। केभिनले २१ र ५१ औं मिनेटमा गोल गरे भने फेरानले ६७ औं मिनेटमा गोल गरेका थिए।

पहिलो लेगको खेलमा पनि एटलान्टाले भ्यालेन्सियालाई ४–१ को गोलअन्तरले हराएको थियो। पहिलो लेगको ४–१ र दोस्रो लेगको ४–३ गरेर उसले भ्यालेन्सियालाई समग्रमा ८–४ को गोलअन्तरले हराएको हो।

प्रकाशित: Mar 11, 2020| 02:29 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।