बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मोरङमा ८ जनप्रतिनिधिले मात्रै रोजे नेकपा एकीकृत समाजवादी

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृतमा मोरङका ८ जना जनप्रतिनिधिले सनाखत गरेका छन्।
 |  मंगलबार, भदौ २२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

विराटनगर- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृतमा मोरङका ८ जना जनप्रतिनिधिले सनाखत गरेका छन्। मंगलबार साँझ ५ बजेसम्म ४ जना वडाध्यक्ष र ४ जना सदस्यले सनाखत गरेको प्रदेश १ निर्वाचन कार्यालयले जनाएको छ। 

triton college

नेकपा एमाले छाडेर समाजवादी रोज्‍नेमा उर्लाबारी नगरपालिका १ का वडाध्यक्ष मचिन्द्रकुमार कार्की, रतुवामाई नगरपालिका १० का वडाध्यक्ष टंक ढकाल, बुढीगंगा गाउँपालिका ४ का वडाध्यक्ष कासिम मियाँ , बुढीगंगा ५ का वडाध्यक्ष रमेशकुमार खनाल रहेका छन् । अन्य ४ जना वडासदस्यले समाजवादीमा सनाखत गरेको बताईएको छ।

मोरङमा नेकपा एमालेबाट २४३ जनप्रतिनिधि निर्वाचित भएका थिए। १७ बटा स्थानीय तह मध्ये ५ वटा स्थानीय तहको प्रमुख र ९ वटा स्थानीय तहको उपप्रमुखमा एमालेबाट निर्वाचित भएका थिए। १४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखले समाजवादी रोजेनन्। यसअघि समाजवादीमा खुल्दै आएका २ जना स्थानीय तह प्रमुख र १ उपप्रमुखले एमालेमै रहने निर्णय गरेको बताएका छन्।

 समाजवादीमा सनाखत गरेका उर्लाबारी १ का वडाध्यक्ष मचिन्द्रकुमार कार्कीले कुर्सी र पद मात्रै सवै नभएको बताए। उनले भने,‘पार्टी विधि र पद्धती अनुसार चल्नुपर्ने हो, नचलेपछि समाजवादीमा सनाखत गरे।’

प्रकाशित: Sep 07, 2021| 19:52 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।