शुक्रबार, फागुन १५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ : पार्टी विभाजनपछि प्रदेश सभामा जसपा र स्थानीय तहमा लोसपा बलियो

प्रदेश २ : पार्टी विभाजनपछि प्रदेश सभामा जसपा र स्थानीय तहमा लोसपा बलियो

नेकपा एमाले विभाजन हुँदा स्थानीय तहमा प्रदेश २ मा ओली नेतृत्वको एमाले र जसपा विभाजन हुँदा उपेन्द्र यादवलाई ठूलो धक्का लागेको छ भने महन्थ ठाकुर नेतृत्वको लोसपालाई फाइदा पुगेको देखिन्छ ।
 |  मंगलबार, भदौ २२, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, भदौ २२, २०७८

जनकपुरधाम- प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको संख्या ६ पुगेको छ। सरकारले अध्यादेश जारी गरेपछि दुई वटा पार्टी विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एकिकृत समाजवादी पार्टीले वैधानिकता पाएसँगै प्रदेश २ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको संख्या ६ पुगेको हो।

National life

पार्टी विभाजन हुनुअघि प्रदेशसभामा जनता समाजवादी पार्टीसँग ५५, नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद थिए।

जनता समाजवादी पार्टी विभाजित भएपछि जसपाका १६ जना प्रदेशसभा सदस्यले महन्थ ठाकुर नेतृत्वमा बनेको लोसपा रोजेका छन् भने नेकपा एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा १३ प्रदेश सभा सदस्यले सनाखत गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। योसँगै प्रदेश २ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुमा लोसपा तेस्रो ठूलो शक्ति बनेको छ भने माधव नेतृत्वको एकीकृत समाजवादी नेकपा एमालेलाई पछाडी पार्दै चौथो ठूलो शक्ति बनेको छ।

पार्टी विभाजनपछि निर्वाचन आयोगले पार्टी फुटेका जनप्रतिनिधिलाई भदौ २२ गते सम्म दल रोज्‍न समय दिएको थियो।

थप दुईवटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुगेको छ। अब प्रदेश २ को प्रदेशसभामा जसपा ३९ जना प्रदेशसभा सदस्यसहित सबैभन्दा ठूलो दलमा जसपा कायमै छ। पार्टी विभाजन अघि तेस्रो दलको रुपमा रहेको कांग्रेस पार्टीहरु विभाजनपछि १९ जना प्रदेशसभा सदस्यसहित दोस्रो दल बनेको छ। त्यस्तै नवगठित पार्टी लोसपा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो दल बनेको छ भने एकीकृत समाजवादी चौथो ठूलो दल बनेको छ। पार्टी विभाजनअघि दोस्रो ठूलो दलको रुपमा रहेको एमाले अब ८ जना प्रदेशसभा सदस्यमा सीमित भएको छ ।

Laxmi sunrise bank

त्यस्तै नेकपा माओवादी केन्द्रसँग समेत ८ जना प्रदेशसभा सदस्य छन् ।

प्रदेश सरकार गठन भएपछि मधेशवादी दल राजपा र समाजवादी पार्टी नेतृत्वमा प्रदेश २ मा सरकार बनेको थियो। पार्टी एकता भएपछि जसपाको नेतृत्वमा सरकार रहेको थियो भने बाँकी दल विपक्षमा थिए । तर पार्टी विभाजनपछि अहिले जसपा, नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार छ भने एकीकृत समाजवादी सरकारमा जाने तयारीमा छ।

प्रदेश २ को विपक्षमा अहिले नेकपा एमाले भने लोसपाले सरकारबाट आफ्नो समर्थन फिर्ता लिने तयारी गरिरहेको जनाएको छ ।

स्थानीय तहमा नवगठित पार्टी लोसपालाई फाइदा

नेकपा एमाले विभाजन हुँदा स्थानीय तहमा प्रदेश २ मा ओली नेतृत्वको एमाले र जसपा विभाजन हुँदा उपेन्द्र यादवलाई ठूलो धक्का लागेको छ भने महन्थ ठाकुर नेतृत्वको लोसपालाई फाइदा पुगेको देखिन्छ ।

जसपाबाट अलग्गिएर बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश २का ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिहरुले रोजेका छन्। लोसपामा सबैभन्दा बढी महोत्तरीबाट २५८ स्थानीय जनप्रतिनिधिले सनाखत गरेका छन्। जसमा ६ पालिकाका प्रमुख, १० पालिकाको उपप्रमुख र ४४ जना वडाध्यक्ष रहेका छन्।

त्यस्तै धनुषामा १०९ जना स्थानीय जनप्रतिनिधिले लोसपा रोजेका छन्। जसमा १ पालिका प्रमुख र २ पालिकाका उपप्रमुख रहेका छन्। सप्तरीमा ९६, सिरहामा १२, रौतहटमा ८८, बारामा १ सय ३८ र पर्सामा २८ जना स्थानीय जनप्रतिनिधिले लोसपा रोजेका छन्।

एमालेबाट एमाले (एस) मा ५ जना सनाखत गराएको । त्यस्तै जसपाबाट लोसपामा २८ जना सनाखत गराएका छन् । यता नेकपा एमालेबाट अलग्गिएर बनेको  नेकपा एकीकृत समाजवादी समेत प्रदेश २ मा मजबुत स्थितिमा देखिएको छ। नेकपा एमाले त्यागेर सबैभन्दा बढी रौतहटमा ८४ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन्। त्यस्तै धनुषा र सर्लाहीमा ४८-४८, बारामा ३२, महोत्तरीमा ६ र पर्सामा ५ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन्।

प्रकाशित: Sep 07, 2021| 19:47 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।