मंगलबार, असार ३०, २०८३

त्रिभुवन आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं - त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

मंगलबार भएको खेलमा सङ्कटा क्लबलाई ३-० ले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो। विभागीय टोली आर्मीले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल भएको थियो। आर्मीका लागि खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठको क्रस पासलाई सदुपयोग गर्दै सुदील राईले गोल गरेका थिए। त्यसपछि खेलको ७१औं मिनेटमा सन्तोष तामाङले मैदानको दायाँ साइडबाट प्रहार गरेको कर्नर किकलाई नवयुग श्रेष्ठले गोलमा परिणत गरेका थिए। दोस्रो गोल भएको चार मिनेटपछि नै सुदील राइको स्थानमा मैदान प्रवेश गरेका विवेक बस्नेतले गोल गरे।

आर्मीले अब फागुन २९ गते मनाङ मर्स्याङ्दी क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्।

प्रकाशित: Mar 10, 2020| 14:01 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।