सोमबार, भदौ २९, २०८३

ललितपुरको ट्यालेन्ट हन्टबाट विभत्सु र आरियो छानिए

ललितपुर प्याट्रियट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टि-२० क्रिकेट प्रतियोगिताका लागि ट्यालेन्ट हन्टबाट दुई खेलाडी छनोट गरेको छ। छनोट हुनेमा विभत्सु थापा र आरियो पौडेल रहेका छन्।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं - ललितपुर प्याट्रियट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टि-२० क्रिकेट प्रतियोगिताका लागि ट्यालेन्ट हन्टबाट दुई खेलाडी छनोट गरेको छ। छनोट हुनेमा विभत्सु थापा र आरियो पौडेल रहेका छन्।

ललितपुरले इमाडोलमा आयोजना गरिएको ट्यालेन्ट हन्टबाट विभत्सु र आरियोलाई छनोट गरेको हो। इपीएलको नियमानुसार हरेक टोलीले ट्यालेन्ट हन्टबाट दुई खेलाडी छनोट गर्नुपर्ने हुन्छ। छनोटमा परेका विभत्सु ब्याट्सम्यान तथा आरियो बलर हुन्।

कोरोना भाइरसको कारण इपीएल भने अनिश्चितकालका लागि स्थगित गरिएको छ। यसअघि इपीएल त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा अगामी चैत १ गतेदेखि तय गरिएको थियो।

ललितपुर प्याट्रियट्स र पोखरा राइनोजबीच उद्घाटन खेल खेलाइने निश्चित गरिएको थियो। यसअघि ललितपुरले विदेशी खेलाडीका रुपमा उपुल थरङ्गा, हसन खान, हमाद आजम र मिर हाम्जालाई आफ्नो टिममा भित्र्याइसकेको छ। ललितपुरको कप्तानमा ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षकमा राजु बस्न्यात छन्। इपीएलमा ललितपुरसँगै काठमाडौँ किङ्गस इलाभेन, विराटनगर वारिवर्स, चितवन टाइगर्स, पोखरा राइनोज तथा भैरहवा ग्ल्याडियटर्स रहेका छन्।

प्रकाशित: Mar 10, 2020| 13:03 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।