सोमबार, जेठ १८, २०८३

ताप्लेजुङमा २१ जनप्रतिनिधिले छाडे नेकपा एमाले

ताप्लेजुङमा नेकपा एमालेबाट निर्वाचित २१ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८
National life
Shivam cement

ताप्लेजुङ- ताप्लेजुङमा नेकपा एमालेबाट निर्वाचित २१ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीको नेत्तृत्वमा जिल्लामा २१ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। 

जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपालीसहित मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्वाहामफे,आठराई त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मञ्जु भट्टराई, जिल्ला समन्वय समिति सदस्य निमा तेन्जी शेर्पा, मेवाखोला गाउँपालिका अध्यक्ष सुरेन्द्र लिम्बू, मेरिङ्देन गाउँपालिका ६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू, फूङलिङ्ग नगरपालिका वडा नम्बर २ का अध्यक्ष मोहन न्यौपाने, आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ४ अध्यक्ष डम्बर बहादुर लिम्बू, मेरिङ्देन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष गणेशप्रसाद भण्डारीले नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन्। 

त्यसैगरि फूङलिङ्ग नगरपालिका कार्यपालिका सदस्य नेताकुमारी परियार शिवा, मेरिङ्देन गाउँपालिका कार्यपालिका सदस्य दोर्जी शेर्पा, मेरिङ्देन गाउँपालिकाका कार्यापालिका सदस्य तथा प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य गौंमाया सावा सामेखाम, फूङलिङ्ग नगरपालिका वडा नं २ का सदस्य जितहाङ यलङ्ग, फूङलिङ्ग नगरपालिका वडा नं २ कै सदस्य धानकुमार लिम्बू, मेवाखोला गाउँपालिका वडा नम्बर २ सदस्य दानुपु शेर्पा,आठराई त्रिवेणी वडा नम्बर ३ सदस्य गंगाप्रसाद यन्सो,मेरिङ्देन गाउँपालिकाका वडा नं. ३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्बो, वडा नं १ का सदस्य मानबहादुर लिम्बू, वडा नं २ का सदस्य पूर्णबहादुर कामी, दलित महिला सदस्य दिलमाया नेपालीले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गराएका हुन्।


प्रकाशित: Sep 07, 2021| 19:25 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।