आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाबाट विश्वभर चार हजारभन्दा बढीको मृत्यु, इटालीमा देशभरका नागरिक क्वारेन्टाइनमा

कोरोनाबाट विश्वभर चार हजारभन्दा बढीको मृत्यु, इटालीमा देशभरका नागरिक क्वारेन्टाइनमा

संक्रमण दर उच्च भएपछि इटालीका सबै (२० वटा) प्रान्तमा आपतकालीन अवस्थाबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरिएको जनाइएको छ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलने क्रम तीव्र बनेपछि इटालीमा देशभरका नाका बन्द गरिएको छ।

National life

संक्रमण दर उच्च भएपछि इटालीका सबै (२० वटा) प्रान्तमा आपतकालीन अवस्थाबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरिएको बीबीसीले जनाएको छ।

इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले आपतकालीन अवस्थाबाहेक कोही पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन्। उनले सरकार समाजका कमजोर सदस्यको रक्षा गर्दै भाइरसको संक्रमण रोक्न लागिपरेको बताएका छन्।

इटालीमा पछिल्लो २४ घन्टामा थप ९७ जनाको ज्यान गएपछि कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ६३ पुगेको छ। यस्तै, संक्रमितको संख्या ९ हजार एक सय ७२ पुगेको इटाली सरकारले पुष्टि गरेको छ।

चीनको हुबेई प्रान्तको वुहानमा गत डिसेम्बरमा देखिएको कोरोना भाइरस संक्रमणबाट चार हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। एक सय १३ देशमा फैलिएको भाइरस संक्रमणबाट एक लाख १४ हजारभन्दा बढी संक्रमित भएका छन्। तीमध्ये ६२ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन्।

Laxmi sunrise bank
kumari

चीनमा घट्दो, अन्यत्र बढ्दो

चीनमा नयाँ संक्रमण र ज्यान गुमाउनेको संख्या घटे पनि अन्य देशमा संक्रमण फैलन क्रम बढेको छ। इटाली, इरान, स्पेन, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, जर्मनी, बेलायत, जापानलगायत देशमा संक्रमण फैलने क्रम बढिरहेको बीबीसीले जनाएको छ।

यसैबीच, कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै इटलीका सबै खेलकुद गतिविधि स्थगित गरिएको छ।

प्रधानमन्त्री ज्युसेप कोन्टेले आउँदो अप्रिल ३ गतेसम्मका खेलकुद गतिविधि स्थगित गरेको घोषणा गरेका छन्। भाइरसको संक्रमण नियन्त्रणमा नआएमा समय लम्बिन सक्ने बताइएको छ।

प्रकाशित: Mar 10, 2020| 03:12 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।