मंगलबार, असार ३०, २०८३

बंगलादेशको एकदिवसीय क्रिकेट कप्तानमा तामिम

बंगलादेश क्रिकेट बोर्ड(बीसीबी) ले तामिम इक्बाल खानलाई एक दिवसीय खेलको कप्तानमा नियुक्त गरेको छ। शनिबार बसेको बोर्ड डाइरेक्टर्सको बैठकले उनलाई कप्तानमा नियुक्त गरेको हो।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

बंगलादेश - बंगलादेश क्रिकेट बोर्ड(बीसीबी) ले तामिम इक्बाल खानलाई एक दिवसीय खेलको कप्तानमा नियुक्त गरेको छ। शनिबार बसेको बोर्ड डाइरेक्टर्सको बैठकले उनलाई कप्तानमा नियुक्त गरेको हो।

नयाँ कप्तानको घोषणा गर्दै बीसीबीका अध्यक्ष नाज्मुल हसनले भने, ‘मोर्तजाले सानदार कार्यकाल पछि भर्खरै एकदिवसीय कप्तानबाट राजीनामा दिए। म दृढतापूर्वक भन्छु की उनी(मोर्तजा) विना बंगलादेशको एकदिवसीय क्रिकेट असम्भव छ। उनको राजीनामापछि अब अन्य खेलाडीले जिम्मेवारी लिएर टिमलाई लिड गर्ने बेला भएको छ।’ उनले थपे, ‘हामीले तामिमलाई लामो समयसम्म टिम लिड गर्नको लागि कप्तानको रुपमा चयन गरेका छौं।’

२००७ मा बंगलादेशको राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ३० वर्षीय तामिम एकदिवसीयका उच्च स्कोरर पनि हुन। उनले बंगलादेशका लागि २०७ खेलमा ७२०२ रनको योगदान दिएका छन्। उनले १३ एकदिवसीय सतक पनि हानेका छन्। यसअघि बंगलादेशको तीन एकदिवसीय खेलमा कप्तानी पनि उनले गरिसकेका छन्।

‘बीसीबीले मलाई कप्तानका लागि विश्वास गरेको छ। यो मेरा लागि गौरवको कुरा हो। पूर्वकप्तान मोर्तजा प्रेरणाका स्रोत हुन्। उनीबाट मलाई पनि काम गर्न प्रेरणा मिलेको छ’, कप्तानको जिम्मेवारी पाएपछि तामिमले भने, ‘यो यात्रामा धेरै उतारचढाबहरु छन्। हामी सबै बंगलादेशको एकदिवसीय क्रिकेट उचो होस भन्ने चाहन्छौं।’

प्रकाशित: Mar 09, 2020| 11:51 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।