मंगलबार, असार ३०, २०८३

थ्री स्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

थ्री स्टार क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। भारतीय टोली ग्यान्टोकलाई ३-० ले पराजित गर्दै थ्री स्टार सेमीफाइनल प्रवेश गरेको हो।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

काठमाडौं - थ्री स्टार क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। भारतीय टोली ग्यान्टोकलाई ३-० ले पराजित गर्दै थ्री स्टार सेमीफाइनल प्रवेश गरेको हो।

पोखरा रंगशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सुशन श्रेष्ठले दुई र संजोग राईले एक गोल गरे।

खेलको ७९ औं मिनेटमा संजोगले गोल गर्दै सुरुवाती अग्रता दिलाए। खेलको अन्तिम मिनेटसम्म पनि नतिजा १-० थियो। तर, इन्ज्युरी समयमा सुशन श्रेष्ठले दुई गोल गर्दै गोलअन्तर ३-० पुर्‍याए।

दुई गोलसँगै उनी म्यान अफ द म्याचसमेत भए। ‘टिमलाई गोलको खाँचो थियो। अन्तिम समयसम्म गोल हुन सकिरहेको थिएन। त्यसैले कन्फिडेन्स भएर गोल गरेँ ’, उनले खेलपछि भने।

प्रकाशित: Mar 09, 2020| 11:24 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।