आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो, तीन वर्षीय बालक पनि संक्रमित

भारतमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो, तीन वर्षीय बालक पनि संक्रमित

भारतमा कोरोनो भाइरस (कोभिड– १९) बाट संक्रमितको ४३ पुगेको छ।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

काठमाडौं-  भारतमा कोरोनो भाइरस (कोभिड– १९) बाट संक्रमितको ४३ पुगेको छ।

National life

केरलमा एक तीन वर्षीय बालकलाई पनि कोरोना संंक्रमणको पुष्टि भएको छ। सामान्यतया १० वर्ष मुनीका बालबालिकामा कोरोनाको संक्रमण देखिंदैन ।

ती बालक आफ्ना आमा–बुवासँग दुई दिनअघि मात्र इटलीबाट फर्केको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

ती बालकलाई कोचीन विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

अहिले बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उनका आमा–बुवाको परीक्षण भइरहेको छ।

Laxmi sunrise bank
kumari

केरलमा आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यिमध्ये तीन जना हालै इटलीबाट फर्केका थिए।

सोमबार मात्रै दिल्ली, उत्तर प्रदेश र जम्मू कश्मीरमा थप एक एक जनामा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा अहिलेसम्म कोरोेना संक्रमणका कारण कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसबाट विश्वभरमा संंक्रमितको संंख्या १ लाख १० हजार ११० पुगेको छ जसमध्ये ६२ हजार ३५५ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन्।  संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३१ पुगेको छ। 

प्रकाशित: Mar 09, 2020| 08:10 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।