आइतबार, चैत ८, २०८२

इटालीमा कोरोनाको त्रास : सिरी ए बन्द गर्न खेलमन्त्रीको सुझाव

इटालीका खेलमन्त्री विनसेन्जो स्पाडाफोराले मानिसको मृत्यु भइरहेको समयमा फुटबल खेल्नुको औचित्य नभएको बताएका छन्। आइतबार उनले इटालीको शीर्ष फुटबल लिग सिरी–ए पनि रद्द गर्नुपर्ने बताएका छन्।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

एजेन्सी– इटालीका खेलमन्त्री विनसेन्जो स्पाडाफोराले मानिसको मृत्यु भइरहेको समयमा फुटबल खेल्नुको औचित्य नभएको बताएका छन्। आइतबार उनले इटालीको शीर्ष फुटबल लिग सिरी–ए पनि रद्द गर्नुपर्ने बताएका छन्।

National life

चीन र दक्षिण कोरियापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण इटालीमा पाइएको छ। त्यहाँ कोरोनाका सात हजार सात सय ७५ जना संक्रमित पाइएको छ। त्यस्तै ३६६ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्यामा इटालीमा चीनपछि दोस्रो स्थानमा छ।

‘यस्तो अवस्थामा इटालियन फुटबल फेडेरेसन (एफआईसीजी)ले तत्काल सिरी–ए लिग रोक्नुपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोनाबाट बच्नको लागि हामी मानिसहरुलाई विभिन्न कामका लागि प्रतिबन्ध गरिरहेका छौं। यस्तो अवस्थामा लिग गर्नुको कुनै औचित्य छैन।’

‘फुटबल प्रतियोगितामा रोक लगाउने कुरा भइरहेको छ। अप्रिल ३ सम्म सबै खेल बन्द रंगशालामा गर्ने सरकारको निर्णय छ,’ फुटबल खेलाडी एसोसिएसनका अध्यक्ष डेमियानो टोमासीले पनि ट्वीट गरेका छन्।

इटालीका विभिन्न टीमका खेलाडी मास्क लगाएर फुटबल ट्रेनिङ गरिरहेका छन्। सिरी–बी क्लब ‘पेसकरा’का खेलाडी आइतबार मैदानमा मास्क लगाएर तालिम गरिरहेका थिए। उनीहरु आइतबार बेनेवेन्टोविरुद्धको खेलमा पनि मास्क लगाएरै गएका थिए।

Laxmi sunrise bank
kumari

तर, रेफ्रीले मास्क लगाएर खेल्न नमिल्ने बताएपछि उनीहरुले आदेश पालना गरे। यसबारे क्लबले भनेको छ, ‘हामीलाई आफ्नो र विपक्षी खेलाडीको चिन्ता छ। यसकारण हामी मास्क लागएर मैदान प्रवेश गरेका थियौं।’

खेलाडीले खेलअघि मास्क लगाएरै वार्मअप गरेका थिए। करिब एक करोड जनसंख्या भएको इटालीको लोम्बार्डी सहर लकडाउन गरिएको छ। सरकारले उत्तरी इटालीको लोम्बार्डी सहर लकडाउन गरेको हो।

बेलायतमा सरकार र खेल संघको बैठक बस्दै

बेलायत सरकारले सोमबार (आज) बेलायतका सबै खेल संस्थालाई बैठकका लागि आह्वान गरेको छ। उसले कोरोना भाइसरका कारण दर्शकलाई प्रतिबन्ध गर्ने र स्थिति धेरै बिग्रिएमा खेलमै प्रबिन्ध लगाउनले विषयमा छलफल गर्ने बताइएको छ।

बेलायतमा २७८ मानिसलाई संक्रमण देखिएको छ भने तीन जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Mar 09, 2020| 07:25 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।