बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध

नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध

कोरोना भाइरस संक्रमण विश्वभर तीव्ररूपमा फैलन थालेपछि कतारले नेपालसहित थप १४ देशका नागरिकलाई स्वदेश प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

दोहा– कोरोना भाइरस संक्रमण विश्वभर तीव्ररूपमा फैलन थालेपछि कतारले नेपालसहित थप १४ देशका नागरिकलाई स्वदेश प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ।

National life

“इटालीका अलावा अन्य केही देशबाट पनि कतार प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएका छौं,” कतार सरकारको सञ्चार कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ।

यसअघि कतारले इटालीका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

कतारले अस्थायी प्रतिबन्ध लगाएका १४ देश

नेपाल

बंगलादेश

चीन

इजिप्ट

भारत

इरान

इराक

लेबनान

पाकिस्तान

फिलिपिन्स

दक्षिण कोरिया

श्रीलंका

सिरिया

थाइल्यान्ड

कतारले संक्रमण फैलन नदिन यो प्रतिबन्ध लगाएको बताइएको छ। कतारमा कोरोना भाइरस संक्रमित १२ जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रकाशित: Mar 09, 2020| 02:15 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।