मंगलबार, असार ३०, २०८३

इन्टर मिलानविरुद्ध युभेन्ट्सको जित

घरेलु मैदानमा युभेन्ट्सले इन्टर मिलानलाई पराजित गरेको छ।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

टुरिन– घरेलु मैदानमा युभेन्ट्सले इन्टर मिलानलाई पराजित गरेको छ। सिरी एअन्तर्गत आइतबार राति भएको खेलमा पाहुना टोली २–० गोल अन्तरले पराजित भएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा युभेन्ट्सका आरोन रामसे र पाउलो ड्याबलाले गोल गरे।

५४ औ मिनेटमा फरवार्ड क्रिस्टियानो रोनाल्डोले दिएको पासलाई सदुयोपग गर्दै रामसेले गोल गरेका थिए। उनको गोल सँगै युभेन्ट्सले सुरुवाती अग्रता बनाएको थियो।

फेरि ६७ औं मिनेटमा ड्याबलाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। रामसेले दिएको पासलाई उनले गोलमा बदलेका थिए।

जितसँगै युभेन्ट्स ६३ अंक बनाएर लिगको शीर्षस्थानमा छ। निकट प्रतिद्वन्द्वी लाजियो ६२ अंकका साथ दोस्रो स्थानमा छ। उता इन्टर मिलान ५४ अंकका साथ तेस्रो स्थानमा छ।

प्रकाशित: Mar 09, 2020| 01:39 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।